जस्तो हिनताबोध,
जिन्दगीबोध,
जस्तो हृदयबोध,
कल्पना अबोध,
अहो ! तरुलतिका हृदयको,
जरा हराएको,
जस्तो ऐजेरु लतिकाको
लाग्छ यी सबै,
कोही जननायक हेरिरहृछु झ्यालबाट,
लाग्छ यी सबै सुनिरहेछ,
भेन्टिलेशनबाट,
अमूर्त आक्रोश,
निःशब्द आवेश,
अन्त्यहीन चक्रमा घुमिरहेछ बिग्रह,
हल्लाहरुले केही श्रवण हुने भए पो !
अब बोध भयो जन–आग्रह,
म निस्कनै पर्छ तुरुन्तै ,
र साम्य पार्नुपर्छ कचिँगल ।
वि.सं.२०७६ असोज ११ शनिवार १०:३३ मा प्रकाशित




























