बगे आँसु आँखा रसाएर आयो ।
भलै जिन्दगी यो मचाएर आयो ।
लगेको थियो यो मनै झोपडीमा ।
मलाई पिरामा बसाएर आयो ।
बगैचा बनायो लगायो नि बेर्ना ।
फुले फूल डाली भचाएर आयो ।
कुना कन्दरा दूर हेर्दै र छल्दै
कसो लाज उस्ले पचाएर आयो ।
विते याम धेरै र फर्केर आयो ।
जसो श्वास मात्रै बचाएर आयो ।
छन्द भुजङ्ग प्रयात
वि.सं.२०७६ असोज ११ शनिवार १०:३५ मा प्रकाशित



























