back
CTIZAN AD

आगलागीबाट पीडितका लागि सहयोग संकलन गरिने

वि.सं.२०७३ मंसिर १४ मंगलवार

945 

shares

 १४ मङ्सिर,काठमाडौँ । भोजपुरे सेवा समाज काठमाडौँको सोमबार यहाँ बसेको बैठकले भोजपुर सदरमुकामस्थित भोटेपसलमा हालै भएको आगलागीबाट पीडितका लागि सहयोग संकलन गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको अध्यक्षतामा बसेको समाजको आकस्मिक बैठकले काठमाडौँमा बसोबास गरिरहेका भोजपुरेलगायत शुभेच्छुक महानुभावबाट सहयोग सङ्कलन गर्नुका साथै सरकारीस्तरमा पनि पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा सांसदहरु लक्ष्मी राई, जयन्ती राई, राष्ट्रपतिका अर्थविद् धनहर्क राई, नेकपा (एमाले) केन्द्रीय सदस्य राजेन्द्र राई, वैकल्पिक केन्द्रीय सदस्य हरि राई, भोजपुर जिविसका पूर्व सभापति शान्त प्रधान, समाजको परिषद अध्यक्ष दयाकृष्ण न्यौपानेलगायतको उपस्थिति थियो ।

बैठकमा सहभागीले आगलागी पीडितलाई तत्कालका समस्या समाधानका लागि सहयोग गर्नुका साथै दीर्घकालका लागि पनि सरकारसंग पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

यही मङ्सिर ५ गते भएको आगलागीमा १० घर जलेर नष्ट हुनुका साथै करोडौँको धनमाल क्षति भएको थियो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०५:३६ मा प्रकाशित

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...