back
CTIZAN AD

पूर्व योजनातर्जुमा गोष्ठी सम्पन्न

वि.सं.२०७३ मंसिर १४ मंगलवार

987 

shares

पाल्पा । जिल्ला विकास समिति, पाल्पाले आव २०७४÷०७५ को पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

सोमबार जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, पूर्व सांसद, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो । बस्ती तहबाट छनोट भई आएका योजनालाई नै प्राथमिकताका आधारमा छनोट गर्नुपर्ने सहभागीले बताएका छन् ।

गोष्ठीमा पाल्पा निर्वाचन क्षेत्र नं ३ का सांसद हरिप्रसाद नेपालले बस्तीका योजनालाई प्राथमिकताका आधारमा छनोट गर्नुपर्ने बताउनुभयो । पाल्पाको समग्र विकासका लागि योजना छनोट प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्ने र तल्लो तहदेखि आएका योजनालाई पहिलो प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा समानुपातिक सांसद तुल्सा रानाले गत वर्ष के के सफलता भयो के के सफलता भएन त्यसको समीक्षा हुनुपर्ने, त्यसैलाई आधार मानेर योजना छनोट गर्नुपर्ने बताउनुभयो । आगामी योजना छनोट गर्दा रोजगारमुखी योजना छनोट गरी गरिबी हटाउन सकिने रानाको दाबी छ ।

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले योजना छनोट प्रक्रिया प्राथमिकताका आधारमा मात्र छनोट गर्दा सबै क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो । गोष्ठीमा उठेका प्रश्नले आफूलाई योजना छनोट प्रक्रियालाई अझ प्रभावकारी कार्यान्वयनमा सहयोग पुगेको बताउनुहुन्छ ।

जिल्लामा सञ्चालित ठूला तथा साना आयोजना मापदण्ड विपरीत सञ्चालन हुँदासमेत नियमनकारी निकाय मौन रहेको पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले आँैल्याउनुभयो । आयोजनाको काम सुरु गर्ने तर सम्पन्न नगर्ने गलत परिपाटीको विकास भएकोले त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०४:५८ मा प्रकाशित

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...