back
CTIZAN AD

ब्यारेजको चाबी भारतसँग, नेपालमा घाटमा खरानी बगाउन समेत पानीको अभाव

वि.सं.२०७६ कात्तिक ३ आइतवार

984 

shares

३ कार्तिक, कञ्चनपुर । सीमामा हुने प्राकृतिक स्रोत नेपाल भारतको सीमामा बग्ने महाकाली नदी (Mahakali River) दुवै देशको साझा नदी भनिए पनि शारदा ब्यारेजका १६ वटै ढोकामा ताल्चा लगाएर भारतले महाकालीको पूरै पानी भारततर्फ लैजाँदा श्मशानघाटमा लाश जलाएर खरानी बगाउनसमेत नेपालीले पाउन सकेका छैनन् । नेपाल भारतको सीमामा बग्ने महाकालीको पानी आधा आधार गरिने भने पनि भारतले बर्खामा सबै ढोका खोलिदिँदा बाढी र हिउँद लागेपछि ब्यारेजका सबै ढोका थुनेर पानी लैजाँदा कञ्चनपुरमा खडेरी हुने गरेको छ । सञ्चारक्षेत्रमा काम गर्दै आइरहेको थर्डपोलले कञ्चनपुरमा आयोजना गरेको नेपाल भारतका पत्रकारको संयुक्त कार्यक्रममा भीमदक्त नगरपालिकाका उपमेयर सुशीला चन्द सिंहले महाकाली साझा नदी भनिए पनि शारदा ब्यारेजको चाबी भारतको हातमा हुँदा नेपालले पानी नपाएको बताइन् ।

उपमेयर चन्दले भनिन् –भारतले शारदा ब्यारेजका १६ वटै ढोखा बर्खामा खोल्ने गरेको र हिउँदामा सबै ढोका थुनेर जम्मै पानी लैजाँदा नेपालतर्फ सिंचाइ हुँदैन । घाटमा लाश जलाएर खरानी पखाल्नसमेत पानी हुँदैन । कम्तिमा एउटा ढोका खोलिदिए पनि नेपालीलाई राहत हुन्थ्यो । के गर्ने ? ब्यारेजको चाबी भारतको हातमा छ । बर्खामा १६ वटै ढोका खोल्ने र हिउँदमा सबै ढोका बन्द हुने गरेका छन् ।

सन् १९६६ मा नेपाल भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदीलाई सिंचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिका एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।

समाचार स्रोत : गोरखापत्र दैनिक

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०९:०६ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...