back
CTIZAN AD

पत्रकारिता पुरस्कारको घोषणा

वि.सं.२०७६ कात्तिक ३ आइतवार

948 

shares

३ कार्तिक काठमाडौँ । दलित अधिकारकर्मी डा विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेकी छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का दलित समुदायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा डा परियारले रु २० हजार राशिको पुरस्कार घोषणा गरेकी हुन् । ।

 

सो अवसरमा डा परियारले आफू अमेरिकामा रहे पनि नेपालको दलित आन्दोलन र दलित समुदायको उत्थानका लागि क्रियाशील रहेको बताइन् । उनले गोर्खालगायत छ जिल्लाका झण्डै २० हजार दलित तथा गरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकी छिन् ।

नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) की संस्थापक अध्यक्ष डा परियार हाल अमेरिकाको जर्सी सिटीका मेयरको सल्लाहकार हुन् । संयुक्त राष्टसंघको सीएसडब्लु प्लानिङ कमिटीका साथै एनजिओ मेजर ग्रुपमा क्रियाशील छिन् ।

कार्यक्रममा जातिभेदविरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि रु १० हजार राशिको पुरस्कारको घोषणा गरेका छन् । उनले व्यक्तिगतरुपमा सो पुरस्कारको घोषणा गरेकी हुन् । आफूहरु अमेरिका रहे पनि दलित आन्दोलनभन्दा टाढा नरहेको चर्चा गर्दै बर्माले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नासो कम्युनिटीका संस्थापक अध्यक्ष धर्म विश्वकर्माले दलित समुदायका पत्रकारलाई खोज तथा अनुसन्धानमूलक कार्यक्रम मिडिया ल्याउन आग्रह गरे । दलित समुदायका पत्रकार सङ्गठित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरी दलित आन्दोलनमा थप योगदान पु¥याउने उनको प्रतिबद्धता छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले राजनीतिक स्वार्थभन्दा माथि उठेर दलित समुदायको चौतर्फी विकासका लागि सङ्घले काम गर्दैै आएको बताए ।

स्थापनाको छोटो समयमै सङ्घ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित भएको उनको भनाइ छ । देशभरका झण्डै १५ सय दलित समुदायमा पत्रकारलाई सङ्गठित गरी आन्दोलनलाई थप उचाइमा पु¥याउने अभियानमा सङ्घ लागेको उनले जानकारी दिए ।

परियार र बर्माले घोषणा गरेको पुरस्कारसँगै नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा वितरण गरिने पत्रकारिता पुरस्कारको सङ्ख्या वार्षिक छ पुगेको छ । यसअघि सङ्घले टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार र परशु–सगुरी पत्रकारिता पुरस्कारको स्थापना गरिसकेको छ । ती पुरस्कार वार्षिकरुपमा वितरण गरिने भएको छ ।

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०९:२५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...