back

लेबनानमा आन्दोलनको पाँचौँ दिन प्रधानमन्त्री हरिरिद्वारा आर्थिक सुधारको घोषणा

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

186 

shares
RBB AD
NTC AD

५ कार्तिक, बेरूत ।  लेबनानको मन्त्रिपरिषद्द्वारा सन् २०२० को बजेटमा आर्थिक सुधारका लागि सरकारले प्रस्तुत गरेको योजनालाई अनुमोदन गरेको प्रधानमन्त्री साद हरिरिले बताएका छन् ।

सरकारले व्यापक कर वृद्धि गरेको, आर्थिक समृद्धिका लागि कुनै काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सुशासन कायम गर्न असफल भएको भन्दै गरेको आन्दोलनमा क्रमशः जनताको आकर्षण बढेपछि सरकारको उक्त निर्णय सार्वजनिक भएको हो ।

आन्दोलनले दिनप्रति दिन उत्कर्ष रूप लिएपछि प्रधानमन्त्रीको राजिनामा माग गर्दै आएका थिए । देशव्यापी आन्दोलनको पाँचौँ दिन आगामी वर्षको कार्यक्रममा व्यापक आर्थिक सुधारका कार्यक्रमलाई बजेटमार्फत सम्बोधन गरिने सरकारको प्रस्तावपछि प्रतिपक्षीको आन्दोलन सेलाउने अपेक्षा प्रधानमन्त्रीले लिएका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, “मन्त्रिपरिषद्बाट पारित आर्थिक सुधारका उपाय प्रदर्शनलाई साम्य पार्न मात्र होइनन् ।” “यी निर्णयहरू आन्दोलनलाई मथ्थर पार्नका लागि मात्र घोषणा भएका होइनन् ।”

“तपाईहरूको आन्दोलनले सरकारलाई देश विकासका लागि थप सोच्न वाध्य बनाएको छ । केही पहिले सरकारले गरेको कर वृद्धिको विरोधमा भएको जनआन्दोलनले लेबनानी नेताहरूलाई सोच्न र संयमित भएर अघि बढ्न शिक्षा मिलेको छ ।”

प्रदर्शनकारीको माग अनुरूप नै आफूले निर्धारित समयभन्दा पहिले नै संसदीय निर्वाचन गर्न तयार भएको प्रधानमन्त्री हरिरिले पत्रकार सम्मेलनमा बताए ।

उनले भने , “हामीले तपाईहरूको मागलाई सुन्यौँ । यदि तपाईहरूको माग निर्धारित समयभन्दा पहिले नै संसदीय निर्वाचनको हो भने यसमा तपाईहरू निर्णय गर्नुस् । सरकार तयार छ ।”

लेबनानमा नौ वर्षपछि गत वर्ष भएको निर्वाचनबाट हरिरिको पार्टी सरकारमा गएको थियो । निरन्तर आठ महीनाको प्रयासपछि हरिरिले सरकारको नेतृत्व सम्हालेका थिए ।

निर्वाचनबाट लेबनानमा निर्वाचन पहिले रहेको राजनीतिक नेतृत्व नै हाबी भएको थियो । लेबनानी जनताको अपेक्षा विपरीत मतपरिणाम आएपछि निर्वाचनमा व्यापक धाँधली भएको आरोपसमेत लागेको थियो ।

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १०:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा...

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

गुजरात (भारत) । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस...

विश्व बैंकद्वारा अफगानिस्तानलाई ८४ मिलियन सहयोग

विश्व बैंकद्वारा अफगानिस्तानलाई ८४ मिलियन सहयोग

काबुल (अफगानिस्तान) । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व...

बङ्गलादेशमा अप्रिलको तापक्रम रेकर्डमा सबैभन्दा तातो

बङ्गलादेशमा अप्रिलको तापक्रम रेकर्डमा सबैभन्दा तातो

ढाका । बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...