back
CTIZAN AD

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

645 

shares

५ कात्तिक, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ ।

गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै नआएपछि यहाँका किसान समस्यामा परेका बेला कञ्चनपुरबाट प्रदेशसभा सदस्यसहित किसानहरूको टोलीले धनगढी पुगेर मुख्यमन्त्री र कृषिमन्त्रीसित भेट गरेको हो । भेटका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरिमा जातको धानबाट कैलाली र कञ्चनपुरका किसानहरू समस्यामा परेको भन्दै अहिले प्रदेश सरकारले क्षतिको लगत सङ्कलन गरिरहेको बताए ।

“पहिलो चरणमा हामी किसानलाई समस्यामा पार्ने धानको बीउबिजन वितरण गर्ने कम्पनीलाई कारबाही गर्छौँ ।” मुख्यमन्त्री भट्टको भनाइ उद्यृत गर्दै कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले भन्नुभयो, “हामीले पनि किसानलाई क्षतिपूर्ति माग गरेका छौँ ।”

आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ क्षेत्रमा लगाइएको गरिमा धानको स्थलगत अनुगमनपछि प्रदेशसभा सदस्य लालबहादुर खड्का र कुलबीर चौधरीसहित किसानको टोली प्रदेश सरकारमा मागसहित पुगेको टोलीमा सहभागी धनबहादुर कुस्मीले बताए । त्यसैगरी प्रदेशसभा सदस्यहरूको टोलीले उक्त विषयलाई लिएर सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन तथा सहकारीमन्त्री बिनिता चौधरीसित पनि भेट गरेको छ ।

मन्त्री चौधरीले पनि मन्त्रालय उक्त समस्याप्रति गम्भीर रहेको भन्दै क्षतिको विवरण सङ्कलन गरेर अघि बढ्ने बताएको कुस्मीको भनाइ थियो । “मन्त्री ज्यूले उक्त गरिमा जातको धानको प्रयोगशाला परीक्षण भइरहेको बताए ।” उनले भने– “मन्त्रालयले पनि विभिन्न विज्ञसहितको टोली स्थलगत अनुगमनमा खटाएको छ ।”

मन्त्री चौधरीले कैलाली र कञ्चनपुरमा उत्पादन भएको खाद्यान्न सात पहाडी जिल्लामा पु¥याउन सकिएको बताउँदै धान नफल्दा प्रदेश सरकारलाई पनि घाटा हुने बताउनुभयो । यस वर्ष कञ्चनपुर र कैलाली गरी ९६८ किसानहरूले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएकोमा अहिलेसम्म बालासमेत आएको छैन् ।

“किसानहरूले धेरै फल्छ भनेर झन् महङ्गोमा बीउ खरिद गरेर गरिमा धान लगाएका रहेछन्”, सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्काले भने, “धान अहिलेसम्म पसाएको छैन, अरू जातको धान किसानले भित्र्याइसके ।”

यता कृषि ज्ञान केन्द्र कञ्चनपुरले यस वर्ष कञ्चनपुर र कैलालीमा २५ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरेको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिक टन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । (रासस)

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १०:५५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...