बिद्यालाई मैले २०४७ सालदेखि चिन्छु । हामीहरु पद्मकन्या क्याम्पसका बि ए पढ्दा सम्मका सहपाठी थियौँ । उनी मास्टर गरीवरी क्याम्पसको शिक्षिका भईन् र बच्चा पनि हुर्काईन् । क्याम्पस पढ्दा उनले पद्मकन्या क्याम्पसमा ने वि सँघको मात्र होईन अखिलको पनि उपस्थिति छ भनि कमिटी गठन गर्ने र कमिटीमा बस्ने आँटिली केटी हुन् उ बेलै । २०४७ ४८ तिर पद्म कन्या क्याम्पसमा ने वि सँघका नानीहरु अखिलका केटी भनेपछि कपाल भुत्ल्याउन जान्थे । एकछत्र राज थियो उनीहरुको ।
एक खालको ने वि सँघ आतँक मच्चाउँथे पूर्व मन्त्री कमला पन्त र नानूहरुले ! (नानू स्वर्गे भईन । उनी पनि भरभराउँदी नेतृ थिईन्)
यस्तोमा पनि बिद्या र उनका साथीहरु शान्त, ईमान्दार र लगनशिल देखिन्थे । भोलिका दिनमा बिद्या कस्ती बन्लिन् भन्ने कुरा पदमा पुगेपछि थाहा हुन्छ । नत्र आजसम्म उनलाई खोट लाउने ठाम छैन ।
शारिरीक रुपमा बिध्यालाई हिड्नमा कठिनाई छ । तपाई हामी जस्तो उनी खुरुरु दौडिन सक्दिनन । उनी बिस्तारै हिड्छिन् बिस्तारै बोल्छिन् । त्यसैले उनको साथमा देवर हुनु र भाउजुलाई पार्टीले दिएको जिम्मेवारी पूरा गराउनका लागि देवरले मद्दत दिनु स्वभाविक हो ।
तपाई टिपण्णी गर्नेहरुका भाउजु हुनुहुन्छ कि हुनुहुन्न कुन्नी घरमा ? अनि तपाईहरुको सँस्कार के छ कुन्नी । पश्चिमी सँस्कार भनौ या गण्डकी अन्चलको सँस्कार । देवरहरु भाउजुहरुलाई आमा सरह मान्छन् । भाउजुहरु देवरलाई बाबु या नानी भनेर बोलाउँछन् छोरा छोरीलाई जस्तै । भाउजुहरुको भारी बोकिदिने कुरो केहि नौलो होईन । उहिले उहिले देवर र आफ्ना छोराछोरी सँगै हुर्कन्थे ।

बिद्याको बारेमा राजनीतिक चेतनाको बहस गरौँ । उनको बौद्धिक क्षमताको कुरा गरौँ तर झोला बोकाएको जस्ता मनगढन्ते कुरा नगरौँ । मनगढन्ते कुरा सुन्दा जति तपाईको मन छिया–छिया हुन्छ उनी पनि मानिस् हुन् र उनको पनि मन दुख्छ । उनी रहरले भन्दा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न खान पुग्ने जागिर छाडेर मूल धारको राजनीतिमा आएकी छिन् ।
राजनीतिमा कसैलाई पनि आउन नदिने र आफू पनि नआउने गरी निस्तेजको राजनीति नगरौ । उनलाई पनि टेस्ट गरी हेरौँ । आखिर देश हाक्ने त राजनीति गर्नेहरुले नै हो नि ।
मन दुखेकोले यति लेखेँ । बिद्याले पढ्लिन भनेर लेखेको होईन र उनलाई फुर्काउन पनि लेखेको होईन ।
प्रस्तुत विचार पौडेलको फेसबुक स्टाटसबाट लिइएको हो ।
वि.सं.२०७६ कात्तिक २३ शनिवार १७:०४ मा प्रकाशित






























