back
CTIZAN AD

नेपाल प्रजातान्त्रिक संपर्क महासंघको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७६ कात्तिक २४ आइतवार

879 

shares

२४ कात्तिक, काठमाण्डौं । भारतद्धारा हालै जारी गरिएको नयाँ राजनीतिक नक्साप्रति व्यापक विरोध भइरहेको छ ।

उक्त नक्सामा भारतले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएपछि देश तथा विदेशमा रहेका नेपालीले व्यापक विरोध जनाइरहेका छन् ।

यसैबीच नेपाल प्रजातान्त्रिक संपर्क महासंघले पनि उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव भक्तराज भुसालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘छिमेकि मुलुक भारतले लिपुलेक र कालापानीको साँध मिचेर आफुपट्टि पारे भन्ने खबरले मर्माहित बनाएको छ । बाहिर सुनिए अनुसार कुनै पनि छिमेकी देशको नक्शामा दुबै पक्षका प्रतिनिधि बसेर सहमति अनुसार साँध लगाइन्छ । यस बिषयको बारेमा यथार्थ यथाशक्य छिटो सत्यतथ्य पत्ता लगाएर समस्या सामाधन गर्न नेपाल सरकारलाइ अनुरोध गरिन्छ । यसैमा सवैको हित छ ।

चीन र भारतले हाम्रो भूमी कालापानी लिपुलेकका बिषयमा गरेको सम्झौता सरकारलाई कस्तो लाग्छ थाहा छैन तर हामी नेपाली जनतालाई यो बिषय अमान्य छ । यस बिषयमा नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको गंभिर ध्यानाकर्षण भएको छ ।’

भक्त राज भुसाल
महासचिव
नेपाल प्रजातान्त्रिक संपर्क महासंघ

वि.सं.२०७६ कात्तिक २४ आइतवार ०८:१४ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...