back
CTIZAN AD

उपनिर्वाचन २०७६ : उम्मेदवारसँगै शीर्षनेता भोट माग्दै घरदैलोमा

वि.सं.२०७६ मंसिर ३ मंगलवार

831 

shares

३ मङ्सिर, भक्तपुर । भक्तपुर क्षेत्र नं १ ९क० मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् ।

विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका नेता ¥यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । उम्मेदवारी दर्तादेखि घरदैलो अभियानमा उपनिर्वाचनका प्रमुख प्रतिस्पर्धी तीन दल नेकपा, काङ्ग्रेस र नेमकिपाका शीर्षनेता हरेक दिन बिहानै देखि उम्मेदवार सँगै मतदाताका घरघरमा हात जोड्दै भोट माग्न पुगेका छन् ।

गत कात्तिक २१ नेकपाका सचिवालय सदस्य वामदेव गौतम, पार्टी स्थायी समिति सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य रामेश्वर फँुयाल, शशिजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ र सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा डिपी ढकालको उम्मेदवारी दर्ता गराएको नेकपाले घरदैलोमा केन्द्रीय नेता परिचालन गरेको छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा सहितको नेतृत्वमा कृष्णलाल भँडेलको उम्मेदवारी दर्ता गराएको काङ्ग्रेसको घरदैलोमा पनि केन्द्रीय नेताको सहभागिता रहेको छ । नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं लगायतले निरज लवजूको उम्मेदवारी दर्ता गराएको नेमकिपा पनि घरदैलोमा केन्द्रीय नेतालाई साथमा लिएर भोट माग्न घरदैलोमा पुगेको छ ।

नेकपाले घरदैलोमा सरस्वतीखेलमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, दुवाकोटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का प्रदेश अध्यक्ष नारायण दाहाल, झौखेलमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेशसभा सदस्य फँुयाल, चाँगुनारायणमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपर्यटन मन्त्री आनन्द पोखरेल, सांसद बस्नेत, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज दिलीप प्रजापति लगायतका नेता भोट माग्दै घरदैलोमा पुगेका छन् ।

नेकपाले आज छालिङमा शुरु भएको घरदैलोमा नेता अग्नि सापकोटाले नेतृत्व गर्दै भोट मागेका छन् । हरेक दिनको घरदैलोमा साथ दिँदै आएका सांसद बस्नेतले घरदैलोमा पार्टी अध्यक्ष प्रचण्डसमेत सहभागी हुने जानकारी दिए ।
काङ्ग्रेसले सरस्वतीखेल, दुवाकोट, झौखेल, चाँगुनारायण र छालिङमा सम्पन्न गरेको घरदैलोमा क्रमश ः केन्द्रीय नेता एनपी साउद, पूर्वमन्त्री रमेश लेखक, पुष्पा भुषाल, पूर्वमन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, उदयशम्शेर राणा, तरुण दलका नेता जीतजङ्ग बस्नेत, उत्तमकुमार चापागाईं, भुपेन्द्रजङ्ग शाही लगायतको सहभागि भएर घरदैलोमा पुगेका छन् ।

काङ्ग्रेसका उम्मेदवार भँडेललाई मातृशोक परे पनि काङ्ग्रेसले एक दिन घरदैलो स्थगित गरेर पुनः शुरु गरेको छ भने आज ताथलीमा घरदैलो गरेको निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए । बुधबार वागेश्वरीमा हुने घरदैलोमा नेता गगन थापाले नेतृत्व गर्ने उनले जानकारी दिए ।

नेमकिपाले सोमबार सरस्वती खेलबाट शुरु गरेको घरदैलो आज बिहान दुवाकोटबाट शुरु गरेको छ भने आज दिउँसो ३ः०० बजे न्यौपानेगाउँमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले जनसभामा बोल्ने कार्यक्रम रहेको उम्मेदवार लवजूले जानकारी दिए ।

नेकपा समृद्ध भक्तपुरको एजेण्डा लिएर मतदातामाझ पुगेको छ भने काङ्ग्रेस सरकारको आलोचनासँगै विकासका एजेण्डा लिएर मतदातामाझ पुगेको छ । नेमकिपा भने कालापानी र राष्ट्रियताको मुद्दासँगै विकासको एजेण्डालाई लिएर जनतामाझ मत माग्दै घरदैलोमा पुगेको छ । गत निर्वाचनमा निर्वाचित नेकपाका उम्मेदवार हरिशरण लामिछानेको मष्तिस्क घातका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार ११:५९ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...