back

चार दिनदेखि एक युवती बेपत्ता

वि.सं.२०७६ मंसिर ४ बुधवार

243 

shares
RBB AD
NTC AD

४ मङ्सिर, गुल्मी । गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्क विहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन । पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पूजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरीचौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । (रासस)

वि.सं.२०७६ मंसिर ४ बुधवार १४:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

बाँकेमा नौ महिनामा एक सयभन्दा बढी नवजात शिशुको मृत्यु

बाँकेमा नौ महिनामा एक सयभन्दा बढी नवजात शिशुको मृत्यु

राँझा (बाँके) । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

खजुरा (बाँके) । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट...

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

तम्घास (गुल्मी) । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...