back
CTIZAN AD

पर्वत समाज स्पेनको अध्यक्षमा दिनेशराज रेग्मी

वि.सं.२०७६ मंसिर १२ बिहीवार

849 

shares

१२ मंसिर, स्पेन । पर्वत समाज स्पेनको अध्यक्षमा दिनेशराज रेग्मी चयन भएका छन् ।

नोभेम्बर २३ मा बार्सिलोनामा सम्पन्न समाजको दोश्रो अधिबेशनले रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा सन्तोष पौडेल र अन्जु तिमिल्सीना अधिकारी, महासचिवमा अनन्त लामिछाने, सचिवमा उमेश पुरी, सुन्दर गुरुङ, कोषाध्यक्षमा राजेश रेग्मी, सहकोषाध्यक्षमा शिव प्रशाद पौडेल र सदस्यहरुमा शिव गिरी, विजय शर्मा दर्पण, मनोज गुरुङ, विकास तिमिल्सीना, अस्मिता सिग्देल तिमिल्सीना, गितादेवी अधिकारी, सायल लामिछाने, प्रकाश पुरी, बुद्ध गुरुङ, सन्तोष शेरचन र प्रकाश पौडेल रहेका छन् ।

त्यसैगरी समाजको संरक्षकमा ओमर बहादुर गुरुङ रहेका छन् ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको प्रमुख आतिथ्यता, संरक्षक गोबिन्द सुबेदी र महासचिव गुणराज शर्माको विशेष आतिथ्यता रहेको  उक्त अधिबेशनमा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले समाजले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बिभिन्न सहयोगी कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । उनले छिट्टै नै समाजको युरोपस्तरीय भेला गर्ने निर्णय भइसकेको समेत बताए ।

त्यसैगरी समाजका संरक्षक गोविन्द सुवेदीले विश्वभरी छरिएर रहेका पर्वतेलीहरु एकजुट हुँदै गएमा ठूला सहयोगका काम गर्न सकिने बताउँदै समाजका निर्वतमान अध्यक्ष ओमर गुरुङले समाजमा महिला दिदीबहिनीको उपस्थिति बढाउन उल्लेख्य भूमिका खेलेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

त्यस्तै महासचिव गुणराज शर्माले नयाँ कार्यसमितिलाई आगामी कार्यकाल सफलताको शुभकामना दिँदै अन्तराष्ट्रिय पर्वत समाजको युरोप क्षेत्रिय भेला बार्सिलोनामा गर्ने जानकारी समेत दिएका थिए भने, एनआरएनए युरोप क्षेत्रिय संयोजक मुक्त गुरुङले पर्वत समाज स्पेनसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।

एनआरएनए स्पेनका आइसीसी सदस्य सुनिल रानाभाट, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ, जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्मा, प्रवासी नेपाली एकता मंन्च स्पेनका संयोजक हेम शेर्पा, पर्वत समाज स्पेनका सल्लाहकार शितल भुर्तेल लगायतको शुभकामना मन्तव्य रहेको उक्त कार्यक्रममा अनन्त लामिछानेको संचालन रहेको थियो भने सन्तोष पौडेलले स्वागत मन्तव्य सहित समाजले गरेका कामहरुका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको अन्तिममा गायक बिमल क्षेत्री, नेपाली लोकदोहोरी प्रतिष्ठान युरोपकी निर्वतमान अध्यक्ष सुमि घिमीरे सापकोटा, गायिका समी गुरुङ लगायतका कलाकारको सांगितीक प्रस्तुतिले सबैलाई मनोरन्जन दिलाएको थियो ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार १४:३७ मा प्रकाशित

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...