back
CTIZAN AD

विश्व शान्ति नगर लुम्बिनी, नेपाल नामक अन्तर्राष्ट्रिय सम्मेलन ४ बुँदे ब्रसेल्स घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

lkdc-2

ब्रसेल्स, बेल्जियम- लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमको ब्रुस्सेल्स्मा  “विश्व शान्ति नगर लुम्बिनी, नेपाल नामक अन्तर्राष्ट्रिय सम्मेलन “सफलताका साथ सम्पन्न गरेको छ । २७ नोभेम्बरमा आयोजना गरिएको उक्त सम्मेलनमा अपेक्षित सहभागिता  हुन नसके पनि कार्यक्रम उपलब्धिमुलक भएको थियो । सम्मेलन ब्रुसेल्सस्थित बेड्फोर्ड होटेल एण्ड कनग्रेस सेन्टर नामक एक  ४ तारे होटेलमा आयोजना गरिएको थियो । यो कार्यक्रम लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको आठौँ वार्षिक उत्सवको सन्दर्भमा अायोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो ।

विश्व मन्चमा लुम्बिनीको प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनी विकास कोषको सहकार्यमा सम्मेलन सम्पन्न गरिएको हो । सम्मेलनमा बेल्जियमको पूर्व सिनेटर एवं संघीय संसदकी सांसद श्रीमती इल्स भ्यान हुफको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल सरकारका प्रतिनिधि, बेल्जियमस्थित नेपाली दूतावासका राजदूत लोकबहादुर थापा, युनेस्को बेनेलक्सका डायरेक्टर पालो फन्टानी तथा ए ए आर कर्पोरेसन ग्लोबल एभियसन सेर्विसेजको अन्तर्राष्ट्रिय सप्लाई चेनका सभापति, दिपक शर्मा विशेष अतिथि रहेका थिए ।

lkdc-1सम्मेलनमा नेपाली दुतावास, बेल्जियम,  गैरआवासीय नेपाली संघ, बेल्जियम र बेल्जियम- नेपाल फ्रेण्डशिप एसोसिएसन लगायतका संस्था प्रायोजक रहेका थिए ।

सम्मेलनमा ब्रुसेस्ल्सस्थित माल्दिव्स दुतावासका प्रतिनिधिको सहभागिता रहेको थियो भने अल्बानिया, जापान, दक्षिण कोरिया, माल्टा, अल्जेरिया, अङ्गोला, मलेसिया, जर्मनी, अर्जेन्टिना, बोलिभिया लगायत विभिन्न कुटनीतिक नियोगहरुले पठाएका शुभकामना सन्देशहरुलाई कार्यक्रम संचालिका श्रीमती शुश्माश्री थापाले जानकारी गराउनुभएको थियो ।

यस अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिखेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री जान जाम्बोन, सस्कृति, संचार एवं युवा मंत्री स्वेन गात्ज़ले निमंत्रनाको लागि हार्दिक धन्यवाद ज्ञापनसहित सम्मेलन सफलताको लागि शुभकामना सन्देशहरु पठाउनु भएको थियो । साथै वर्कर्स पार्टी बेल्जियमको अध्यक्ष पिटर मेर्टेंसको तर्फबाट धन्यवादसहित समेत शुभकामना सन्देश प्राप्त भएको थियो ।

उक्त सम्मेलनमा बेलायतको दुरहाम विश्वविध्यालयका पुरातत्व विभागका तर्फबाट युनेस्को चेयर फेलो डा मार्क मेनुअलले दुरहाम विश्वविद्यालयका प्रोफेसर रोबिन कोनिङ्घम र नेपालका वरिष्ठ पुरातत्वविद तथा युनेस्को कन्सल्टेन्ट कोषप्रसाद आचार्यको साथै आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा बेलायतको रक्षा मन्त्रालयको अन्तर्गत रहेका बौद्ध धर्मावालाम्विहरुलाई बुद्ध धर्मसम्बन्धि  ज्ञान र शिक्षा दिने हेतुले रक्षा मन्त्रालयले नियुक्त गरेका भिक्षु धर्मगुरु खेन्पो हुङ्ग्त्रम्पा रिन्पोचे र भुटानका अर्का बौद्ध धर्मगुरु खेन्पो त्शेतेन दोर्जे रिन्पोचेले विश्व शान्तिका लागि बुद्धका शान्ति सन्देशहरुको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

साथै सम्मेलनमा  डा कविताराम श्रेष्ठले बुद्धको जीवनीमा आधारित उहाँको कृति “महाभिनिष्क्रमणका अस्वीकृत पाइला”को अग्रेजी अनुवादलाई नम्रता देवकोटाले प्रस्तुत गर्नुभएको थियो । लुम्बिनी विकाश कोषका सदस्य सचिव अजितमान तामांगको कार्यपत्रलाई डा कृष्णप्रसाद अर्यालले प्रस्तुत गर्नु भयो ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनको सभापतित्व लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट स्क्य्पेमार्फत आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन श्रीमती शुश्माश्री थापाले गर्नुभएको थियो । उक्त विश्वभरबाट हेर्न सकियोस् भन्ने हेतुले पुरै कार्यक्रमलाई YouTube मार्फत लाइफ प्रसारण गरिएको थियो । त्यस प्रसारणका लागि प्राविधिक उज्ज्वल के सी र कम्प्युटरतर्फको कार्य बैभव भट्टराईले गरेका थिए । आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई कदरपत्र समेत प्रमुख अतिथिको हातबाट दिइएको थियो ।

सम्मेलनले ४ बुदें ब्रसेल्स घोषणापत्र जारी गरेको छ :

१. नेपाललाई बुद्धस्थान नामकरण गर्न गरिएको लुम्बिनी-कपिलवस्तु विश्व अभियान, कतारका राष्ट्रिय संयोजक शिव गौतमको प्रस्तावलाई सम्मेलनबाट पारित गरियो ।

२. ककनीमा १०० फुट उचाई भएको बुद्धको उभिएको प्रतिमा निर्माण गर्ने ललितपुर बुद्ध जयन्ती ट्रस्ट र लुम्बिनी-कपिलवस्तु विश्व अभियानको संयुक्त संयोजनमा उक्त ट्रस्टका सभापति धर्मबहादुर शाक्यको प्रस्तावलाई डा कविताराम श्रेष्ठले समर्थन जनाउनु भएको प्रस्ताव पनि सम्मेलनले पारित गर्यो ।

३. लुम्बिनी विकाश कोषसंग संयोजन गरि लुम्बिनी परिसरमा ललितपुरमा रहेको ८ सय वर्ष पुरानो हिरण्यवरण महाविहारको रिप्लिका निर्माण गर्न ट्रस्टका सभापति धर्मबहादुर शाक्यको प्रस्तावलाई लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका सभापति दामोदरप्रसाद आचार्यले समर्थन जनाउनु भएको प्रस्तावलाई सम्मेलनले पारित गरेको छ ।

४. लुम्बिनी गेट निर्माणका लागि १ रुपिया संकलन अभियानलाई निरन्तरता दिनको लागि लुम्बिनी-कपिलवस्तु प्रवर्धन विश्व अभियान, नेपालका महासचिव श्रीकुमार श्रेष्ठले गर्नुभएको प्रस्तावलाई समर्थन सहित हलले अनुमोदन गर्यो । यस अनुसार ४ बुंदे ब्रुसेस्ल्स घोषणापत्र पारित गर्दै सम्मेलन समापन भयो ।

उक्त सम्मेलनका सभापति आचार्यले सम्मेलनलाई सफल बनाउन साथ दिने,  सहयोग गर्ने र शुभकामना दिनुहुने सम्पूर्ण प्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दै सम्मेलनको समापन गर्नुभएको थियो । सम्मेलनमा नेपाल, बेलायत, लक्जम्बर्ग, फ्रान्स, नेदरल्याण्ड र अन्य देशबाट पनि नेपालीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०२:४० मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...