back
CTIZAN AD

अमेरिकामा उद्यौली कार्यक्रम सम्पन्न

वि.सं.२०७६ मंसिर १५ आइतवार

765 

shares

१५ मंसिर, अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम सम्पन्न गरेको छ ।

च्याप्टरका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त उधौली कार्यक्रमा अध्यक्ष राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य, आउने भावि पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा बुझाउनु रहेको बताउँदै अमेरिकामा रहेका सम्पूर्ण राईहरु एक भएर आफ्नो संस्कार र संस्कृति जोगाउन तथा भैपरी आउने समस्यामा एकआपसमा सहयोगको वातावरण तयार गर्नु रहेको बताएका थिए ।


एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष, अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति तथा हालका सल्लाहकार तथा जनजाति महासंघ अमेरिकाका सल्लाहकार मिलन राईले उधौली र उभौलीका विषयमा बताएका थिए । उनले व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए । राईले आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताएका थिए ।


केशर राईको स्वागत मन्तव्य, महासचिव हर्क राईको कार्यक्रम संचालन रहेको उक्त कार्यक्रममा संस्थाको आर्थिक विवरण बारे सरिता राईले जानकारी दिएकी थिइन् ।


उक्त अवसरमा डिएमभिपी च्याप्टरमा आवद्ध नयाँ सदस्यहरुलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

राईले अमेरिकामा रहेका राईहरु एकजुट भएर आफ्नो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ११:१८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...