back
CTIZAN AD

भारत र भुटानबीच विकास सहकार्य बारे उच्चस्तरीय छलफल

वि.सं.२०७६ मंसिर १५ आइतवार

588 

shares

१५मसिंर नयाँदिल्ली ।  भारत र भूटानका उच्च सरकारी अधिकारीबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । दुई मुलुकबीच भूटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले जनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा भएको यो द्विपक्षीय छलफल दोस्रो हो । भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव टिएस त्रिमूर्तिले गर्नुभएको थियो भने भूटानी टोलीको नेतृत्व भूटानका विदेश सचिव किंगा सिङ्ग्येले गर्नुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै वर्षको अगस्टमा भएको भूटान भ्रमणका क्रममा भारतीय सहयोगमा माङदेचु जलविद्युत् आयोजनाको प्रारम्भ गरिनुका साथै दक्षिण एशियाली भूउपग्रहको “अर्थ स्टेशन” निर्माणसम्बन्धी सम्झौता र भूटानमा भारतीय रुपे कार्डको शुभारम्भ गरिएका थिए ।

यस वार्षिक विकास समीक्षा बैठकमा भूटानसँग भारतको विकास साझेदारीका विषयमा छलफल गर्ने महत्वपूर्ण संयन्त्र हो । भारतले भूटानको १२औँ पञ्चवर्षीय योजना अवधिमा व्यापार सहजीकरणका निम्ति भारु ४०० करोड तथा विभिन्न परियोजना कार्यान्वयनका लागि भारु चार हजार ५०० करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ५१ वटा ठूला तथा मझौला र ३५९ वटा साना विकास परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेको जनाइएको छ । भूटानको विकास प्रक्रियामा निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । दुवै मुलुकबीच अर्को द्विपक्षीय छलफल आगामी सन् २०२० मा थिम्पुमा गर्न सहमति भएको छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ११:२७ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...