back
CTIZAN AD

पार्टीको भेलामा सन् २०१७ को निर्वाचनसम्बन्धी मर्केलको योजना प्रस्तुत हुने

वि.सं.२०७३ मंसिर १९ आइतवार

882 

shares

१९ मङ्सिर, बर्लिन । अमेरिकामा डोनाल्ड ट्रम्पको विजय र फ्रान्समा फ्राँस्वा अलोँको निर्वाचनमा उम्मेदवार नुहुने निर्णयपछि जर्मनीमा चान्सलर एङ्गेला मर्केल सन् २०१७ को निर्वाचनमा विजय हासिल गर्ने रणनीति तयार गर्ने प्रक्रियामा रहनुभएको छ ।

मङ्गलबार उहाँको मध्यदक्षिणपन्थी क्रिस्चियन डेमोक्र्याटिक युनियन (सीडीयु) दुईदिने वार्षिक सम्मेलन हुनेभएको छ र त्यसमा उहाँले यस दलका सदस्यलाई आफूलाई चौँथो कार्यकालका लागि जर्मनीको नेताको रूपमा उभ्याउन सहयोग गरिदिन आग्रह गर्नुहुनेछ ।

चान्सलर मर्केलले सेप्टेम्बर महिनामा हुने निर्वाचन यसअघिका निर्वाचनभन्दा बढी कठिन हुने पहिले नै स्वीकार गरिसक्नुभएको छ ।

शरणार्थीप्रति उहाँको नरम नीतिका कारण करिब १० लाख शरणार्थी गत दुई वर्षभित्र जर्मनी प्रवेश गरेका छन् र उहाँका विरोधीहरूले यसैलाई पूँजीकृत गर्ने प्रयास गर्नेछन् ।

जर्मन युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

मर्केलले सीडीयुलाई १६ वर्षसम्म नेतृत्व प्रदान गर्नुभएको छ र उहाँले हेल्मुट कोललाई पदमुक्त गर्नुभएको थियो ।

हाल सीडीयुले सोसियल डेमोक्र्याट्सका साथै अन्य अनेकौँ साना दललाई सत्ता साझेदार बनाएको छ ।

सन् २०१४ मा उहाँले पार्टीभित्र ९६.७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने सन् २०१२ मा ९७.९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

यस महासभामा उहाँका प्रतिस्थापकहरूको पनि नाम अगाडि आएका छन् तर तीनले व्यापक सार्वजनिक छबि बनाउन सकेका छैनन् ।

प्रायः जर्मन नागरिक अझै पनि मुटी (आमा) नाम प्राप्त गर्नुभएकी चान्सलर मर्केलसँग सजिलो अनुभव गर्छन् । हालै गरिएको एक सर्वेक्षणमा ६४ प्रतिशतले उहाँको नयाँ उम्मेदवारीलाई समर्थन गरे भने ३३ प्रतिशतले विरोध गरे ।

बर्लिनको फ्री युनिभर्सिटीका राजनीतिक विश्लेषक हाजो फन्कले मर्केलले पार्टी तथा मुलुकको स्थायित्वका लागि सही निर्णय गर्नुभएको बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:५० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...