back
CTIZAN AD

चीनलाई जर्मनीको प्राविधिक व्यवसाय एक्सट्रन बिक्री रोक्ने अमेरिकी प्रयास

वि.सं.२०७३ मंसिर १९ आइतवार

945 

shares

१९ मङ्सिर, वासिङटन । चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गर्नुभएको छ ।

अमेरिकामा विदेशी लगानी समितिको अध्यक्षता राष्ट्रपति ओबामाले गर्नुभएको छ र त्यसको पुनरावलोकनमा सैनिक उपयोगको सम्भावना भएको संवेदनशील प्रविधि चिनियाँ हातमा पर्नसक्ने सम्भावना भएकाले यस समझौताले दिने जोखिम निकै ठूलो भएको देखिएको अमेरिकी अर्थ मन्त्रालयले जानएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अमेरिकी विदेशी लगानी समिति तथा राष्ट्रपतिले उक्त कारोवारले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम दिएको र त्यसलाई न्यूनीकरणको माध्यमबाट समाधान गर्न नसकिने मूल्याङ्कन गर्नुभएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एलईडी बत्ती, लेजर तथा सौर्य ब्याट्रीमा उपयोग हुने उच्च क्षमताको अर्धसुचालक यौगिक बनाउन एक्सट्रन एसईको प्राविधिक विशेषज्ञता रहेको त्यसको सैनिक उपयोग रहेको उल्लेख गरिएको छ ।

चिनियाँ सरकारको सहयोग रहेको चिनियाँ कम्पनी ग्यान्ड चिप इन्भेस्टमेन्टले एक्सट्रन खरिद गर्न चाहेको र वासिङ्टनले त्यस्तो प्रविधि चिनियाँ हातमा नपरोस् भनी चाहेको बताइएको छ ।

अर्थ मन्त्रालयले एक्सट्रनको अमेरिकी व्यवसायले उक्त प्रविधिमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेको छ ।

वासिङ्टनले सुरक्षाको चिन्ता व्यक्त गरेपछि अक्टोबर महिनामा जर्मन सरकारले ६७ करोड युरो बराबरको उक्त कारोबारको प्रारम्भिक स्वीकृति फिर्ता लिएको थियो ।

जर्मनीको गुप्तचर स्रोतलाई उद्धरण गरी ह्यान्डल्सब्लाट दैनिकले चीनले एक्सट्रनको प्रविधि आफ्नो पारमाणविक कार्यक्रलाई सुदृढ बनाउन उपयोग गर्नसक्ने भनि अमेरिकाले चिन्ता व्यक्त गरेको समाचार प्रकाशन गरेको छ ।

उक्त सूचना प्राप्त गरेको जर्मनीको अर्थ मन्त्रालयले अक्टोबर २४ मा यस सम्झौतामा पुनरावलोकन गरिने जानकारी दिएको थियो ।

ग्रान्ड चिप नामक जर्मन कम्पनीले यस कारोबारमा लगानी गर्न चाहेको र त्यसको स्वामित्व चीनका लगानीकर्ताको भएको र त्यसमा पनि चिनियाँ सरकारको स्वामित्व भएको अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

मन्त्रालयले यस सम्झौतामा चाइना आईसी इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले लगानी गरेको र यो चीन सरकारको सहयोग रहेको र मुलुकको इन्टिग्रेटेड सर्किट उद्योगलाई सहयोग गर्न स्थापित लगानी कोष भएको उल्लेख गरेको छ ।

एक्सट्रनले सुचालक तहमा अणुको पातलो तह राख्ने प्रविधिमा विशेषज्ञता हासिल गरेको छ र यो विद्युत उत्पादन, नियन्त्रण तथा परिवर्तन गर्ने विद्युतीय सामग्रीमा उपयोग गरिन्छ । यो प्रविधि सोलार ब्याट्री तयार गर्न उपयोग हुन्छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले एएफपीको प्रश्नमा टिप्पणी गर्दै यस्तो हस्तक्षेप नगर्न चेतावनी दिनुभयो ।

उहाँले यस्तो खरिद कार्य सामान्य व्यापारिक क्रियाकलाप भएको बताउनुभयो ।

उहाँले यो सामान्य व्यापारिक खरिद भएको र यसमा सामान्य सिद्धान्त तथा बजारका नियम लागू हुने बताउनुभयो । उहाँले यस खरिदमा अधिक राजनीतिक हस्तक्षेप नहुने आफूहरूले आसा गरेको बताउनुभयो ।

यस विषयमा एक्सट्रन वा ग्रान्ड चिपका तर्फबाट कुनै टिप्पणी आएको छैन । अमेरिकीमा विदेशी लगानी समितिले अमेरिकी कम्पनीमा विदेशी लगानीमा पुनरावलोकन गर्ने गरेको छ र यसले हालका वर्षमा चिनियाँ खरिदमा स्वीकृति तथा अस्वीकृति दुवै दिएको छ । एएफपी

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:५१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...