back
CTIZAN AD

गल्तीमा दोष लिने हाम्रो मूल नेचर अथवा प्रवृत्ति हुँदैन

वि.सं.२०७६ मंसिर १७ मंगलवार

876 

shares

रीस उठ्छ । फ्रस्ट्रेशन हुन्छ । मन खिन्न हुन्छ । दिक्क लाग्छ । कता कता धोका भएको अनुभव हुन्छ । अन्याय भएको जस्तो लाग्छ ।

सोच्नुस् त ! हजुरले सबैभन्दा बढी विश्वास गरेको र भर परेको मान्छेले नै असहयोग गर्यो अथवा धोका दियो भने के हुन्छ ? हजुरलाई पनि यस्तो भएको छ होला पक्कै कहीं न कहीं । मैले पनि भोगेको छु । नेतृत्वमा यस्ता समस्या झन् धेरै आउँछन् । यो लेख नेतृत्वको मनोविज्ञान बारे हो ।

आँफूले सबैभन्दा बढी विश्वास गरेको मान्छेले नै धोका दिँदा यसलाई कसरी लिने ? सबैभन्दा सजिलो बाटो, जुन धेरैले गर्छन्–दोष जति त्यो व्यक्तिलाई दिने ।‘कस्तो खतम मान्छे रैछ । काम नलाग्ने । मैले यति धेरै विश्वास गरें । यस्तो गरें । उस्तो गरें। उसैले धोका दियो ।’ यस्तो परिस्थिती भोग्ने मध्य अधिकांशले गर्ने यही हो । मनोवैज्ञानिक हिसाबले सबैभन्दा सेफ र सजिलो बाटो पनि हो यो । दोष अरुलाइ दिएपछि आँफू आफ्नो नजरमा राम्रो नै रहेर बस्न सकिन्छ । खुशी वा आत्मविश्वासमा त्यो घटनाले धेरै असर गर्दैन ।

तर यो एप्रोचमा एउटा ठूलो समस्या छ । मनोविज्ञानले के भन्छ भने–लगभग सबैले आँफुलाइ राम्रो र असल मान्छन् । आफ्नो नजरमा आफ्नो छवि उत्कृष्ट राख्ने प्रयास नै अनेक मनोवैज्ञानिक उतारचढावहरुको मूल कारण हो । अथवा, हामी सबै असल र राम्रो हुन चाहन्छौं । र हामी सबै आँफुलाइ असल र राम्रो छौं भन्ने ठान्छौं । यदि कुनै कारणवश केही गलत हुन गएको छ भने पहिलो प्रतिकृया त केही भएकै छैन भन्ने हुन्छ । भएको होईन भन्न नसकिने भएपछि, त्यो गलत नै होइन भन्ने हुन्छ अर्थात् म्भलष्ब०ि
त्यसपछि आउँछ अन्यमा दोषारोपण । जब भएकै हैन भन्न पनि सकिन्न र गलत हैन भन्न पनि मिल्दैन, अनि दोष मेरो होईन भन्नेमा कुरा जान्छ । म्भलष्ब,ि म्भाभलकष्खभ त्यसपछि दबिmभ कजषतष्लन।
आँफूमाथि दोष लिने हाम्रो मूल नेचर अथवा प्रवृत्ति हुँदैन । आँफू जति नै गलत भएपनि ।

उदाहरणका लागि, भारतको दिल्लीमा २०१२ मा भएको बलात्कार पछि हत्याकाण्डका दोषी ड्राइभर मुकेश कुमार, जसले अरु तीन जनासँग मिलेर २३ वर्षीय ज्योति सिंहलाई योनीबाट पेटसम्म नै पुग्नेगरि फलामे रड कोचेर दानवीय व्यवहार देखाएको थियो । उसले पनि एउटा अन्तर्वार्तामा भनेको थियो ( त्यो दिन त्यो केटी (ज्योती) त्यति ढिलो राती बाटोमा नहिड्नु पर्ने ।’अधिकांश परिस्थितीहरुमा भएकै हो र गलत पनि हो भन्ने छर्लङ्ग हुने हुनाले, हामी दोषारोपणको सजिलो बाटोमा पुग्छौं ।

‘कस्तो खतम मान्छे रैछ । काम नलाग्ने । मैले यति धेरै विश्वास गरें । यस्तो गरें । उस्तो गरें । उसैले धोका दियो ।’ तर यसमा ठूलो समस्या छ । मानौं हामीलाइ आँफुले सबैभन्दा बढी विश्वास गरेको व्यक्तिबाट नै सबैभन्दा ठूलो धोका भयो । र हामी उसलाई गलत भन्छौं । तर, उसको मनोविज्ञानले त उ गलत भनेर मान्दैन । र कुनै परिस्थितिमा वस्तुगत दृष्टिले दुइटै गलत नहुन पर्ने हो । र यहीं नेर मनोविज्ञानमा विरोधाभाषहरुले ठाउँ पाउँछ ।

मनका जालोहरुले वस्तुगतता बिर्साउँछ । आफ्नो कहिल्यै केही दोष नै छैन र अरु सबै गलत हुन भन्ने (ल्बचककष्अष्कm) र सबै दोष मेरो मात्र त हो नि, म त खत्तम हुँ भन्ने ९ीयध कभाि भकतभझ) दुई विपरित ध्रुवका बीचमा कतै एउटा स्वस्थ मनोविज्ञानको ठाउँ हुन्छ ।

मनोविज्ञान गणित होइन । गणित र तर्कशास्त्रमा समेत विरोधाभाषलाई स्थान दिइ सकिएको छ अहिले आएर भने यहाँ त्यो नहुने कुरै भएन । तर धेरै कुरालाइ वस्तुगत रुपमा हेर्न भने सकिन्छ । के उसले पनि आँफुलाइ दोषी मान्छ होला त ? उसले पनि मलाई धोका दिएको ठान्छ होला त ? त्यस्तो परिस्थितिमा यति मात्र सोध्दा पनि आफ्नै मनका छलहरुको जालोबाट केही पर सर्न सकिन्छ ।

मनोविज्ञानले के भन्छ भने, हरेक मान्छे आँफुलाइ राम्रो छु भन्ने मान्न चाहने मात्र होईन, साँच्चै नै राम्रो हुन पनि चाहन्छ । अर्थात्, स्वार्थ कै लागि पनि गलत काम गर्ने भित्रैबाट चाहना धेरैलाई हुँदैन । अनुसन्धानद्वारा सिद्ध यी दुई मनोबैज्ञानिक सिद्धान्तहरुलाई आधार बनाएर हेर्ने हो भने वस्तुगतताको फोकस लाइटमा परिस्थितीलाई मुल्यान्कन गर्न सकिन्छ ।

उसले आँफुलाइ दोषबाट मुक्त पार्न कस्तो धारणा बनाएको होला त ? यो प्रश्न वास्तवमा मैले के गलत गरें जुन कारणले उसले यस्तो गर्यो भन्ने प्रश्न कै अर्को रुप हो । र कुनै पनि परिस्थितिको वस्तुगत मुल्यान्कन र समीक्षा यही प्रश्नबाट शुरु हुन्छ । र अर्को कुरा, यस्तै घटना आँफुसँग बारम्बार भैरहन्छ भने पनि सोच्न आवश्यक छ । आँफू त्यस्तै खालका मान्छेहरुसँग बारम्बार आकर्षित र प्रभावित भैरहने आफ्नै कमजोरी पो छ कि ?

क्रमशः

वि.सं.२०७६ मंसिर १७ मंगलवार १०:४२ मा प्रकाशित

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...