back
CTIZAN AD

नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

वि.सं.२०७६ मंसिर १७ मंगलवार

936 

shares

१७ मसिंर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो ।

नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ ।

त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको डडेल्धुरा नेकपा अध्यक्ष मानसिंह मालले जानकारी दिए ।

पार्टीले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमिसमेत समेटेकामा आपत्ति जनाउँदै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।

उक्त भूभाग शदियौँदेखि नेपालको रहेको बताउँदै भारतले आफ्नो राजनीतिक नक्शाबाट सो भूभाग हटाउनुपर्ने अध्यक्ष मालले बताए ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १०:४७ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...