back
CTIZAN AD

बेलायतमा रहेकी स्नेहा बनिन् दोस्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर

वि.सं.२०७६ मंसिर १९ बिहीवार

1K 

shares

१९ मंसिर युके । बेलायतमा रहेकी स्नेहा शाक्य श्रेष्ठ दोश्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर बन्न सफल भएकी छन् । श्रेष्ठ ब्यारेष्टर बन्नका लागि हालैमात्र बेलायतको इनर टेम्पल बारको सदस्य भएको बताइएको छ ।

बेलायतको सिटी कलेजबाट यहि वर्ष बार प्रोफेसनल ट्रेनिङ्ग कोर्स ( बिपीटिसी) मा उच्च (८० प्रतिशत बढी) अंक प्राप्त गरेर ब्यारेष्टर बन्न अन्तिम तयारी पुपिलेज गर्न योग्य भएको बताइएको छ । शाक्यले केही समयपछि अन्य कानुनी फर्ममा कामको अनुभव प्राप्त गरेपछि प्राक्टिसिङ्ग ब्यारेष्टर बन्नेछिन् ।

यसभन्दा अगाडि प्रोफेसर डाक्टर सुर्य सुवेदी, क्युसी तथा देबेन्द्र श्रेष्ठ बेलायातमा ब्यारेष्टरको रुपमा कार्यरत छन् भने शाक्य दोश्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर बन्न सफल भएकी हुन् ।

दुई दशक देखि बाबुआमासँग बेलायतमा रहँदै आएकी स्नेहा सिन्धुपाल्चोक चौतारा घर भएका अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र मिनु शाक्यकी छोरी हुन् । दुई कक्षा सम्म्को शिक्षा नेपालमै हासिल गरेपश्चात उनी बाबुआमासँगै बेलायत पुगेकी हुन् ।

विद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबि, किंग्स कलेजबाट एलएलएम उतिर्ण गरेकी स्नेहा लण्डनस्थित प्रसिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ति नेपालमा युद्धबन्दीलाई यातना दिएको आरोपमा निकै चर्चा पाएका कर्णेल कुमार लामाको विषयमा अनुसन्धान गर्न लामो समय नेपालका विभिन्न स्थानमा गएर सरोकारवाला र विज्ञहरुसँग कुराकानी गरेकी थिइन् ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:४५ मा प्रकाशित

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...