back

के नेपालले वोत्सवानाबाट सिक्न सक्छ ?

वि.सं.२०७६ मंसिर १९ बिहीवार

270 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

राजा विरेन्द्रकै पालमा घोषित एशियाली मापदण्डमा पुर्‍याउने सपना मात्रै हैन बहुदल आगमन पछि नेपाललाई सिंगापुर जस्तै बनाउने नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको उद्घोष र माओवादि सत्तासिन भएपछि संघियता सहितको नयाँ नेपाल स्विजरल्याण्ड जस्तै हुने प्रचण्ड बाबुराम हरुको गर्जन पनि पानीको फोकाजस्तै भयो । त्यतिमात्र हैन सिंगापुर वा स्विजरल्याण्ड बनाउने कुरा हास्यास्पद र हास्यव्यङ्ग्यका र सटायरिक डाईलग बन्दैछन ।

दशकौं लामो राजनीतिक अस्थिरता, गरीबी, पछौटेपन, पक्षपात र अनियमितताबाट गुज्रिएको नेपालको मुल कारक जहानिया राजनीतिक व्यबस्था, संवैधानिक अवरोध र अल्पमतका सरकारहरु थिए भन्ने आम आँकलन थियो । र, ती अवरोधहरु हटिसकेका छन । मुलुकमा राजतन्त्र विस्थापित भै संघिय लोकतान्त्रिक गणतन्त्र, पुरानो संविधान को सट्टा नेपालको संविधान २०७२ र अल्पमतमा घिसिपिटि गरिरहने सरकारहरुको सट्टामा दुई तिहाई बहुमत नजिकैको नेकपाको सरकार छ । राजनीतिक स्थायित्व, आर्थिक विकास र समाजवादको दिशाको नारा सहित सरकार विराजमान भएको पनि दुई वर्ष पुग्दैछ । तर जनअपेक्षा र सत्तासीन नेताहरुको आश्वासन बमोजिम आशातित सफलताहरुले पछ्याउन सकेको देखिदैन । कानुनी शासनको पालनाको दिशातिर केही हुन खोजेको हो कि भन्ने आशा आलम र महराहरुको गिरफ्तारीमा खोज्नु पर्ने अवस्था छ । खासमा तथ्यांकहरुले अबको ३ वर्षले आर्थिक समृद्धि र समाजवादको यात्रा तय गर्ला भनी पत्याउने अवस्था छैन । कीन नेपाली नेतागणका आश्वासन र सपनाहरूले सँधै हावा खान्छन ?

संसारकै मै हुँ भन्ने अर्थशास्त्रीहरु उसको प्रगतिलाई अफ्रिकाको चमत्कारको संज्ञा दिन्छन । अर्कोतिर एशियाली मुलुक नेपाल पछिल्लो ५० वर्षमा खासै प्रगतिको बाटो समात्न सकेको छैन । खासगरी आर्थिक प्रगतिको सवालमा । त्यस्तो के राज छ जसले बोत्स्वानालाई समृद्धिको शिखरमा चढायो जुन नेपालका लागि पनि अनुकरणीय हुन सकोस् ।

राजा विरेन्द्रकै पालमा घोषित एशियाली मापदण्डमा पुर्‍याउने सपना मात्रै हैन बहुदल आगमन पछि नेपाललाई सिंगापुर जस्तै बनाउने नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको उद्घोष र माओवादि सत्तासिन भएपछि संघियता सहितको नयाँ नेपाल स्विजरल्याण्ड जस्तै हुने प्रचण्ड बाबुराम हरुको गर्जन पनि पानीको फोकाजस्तै भयो । त्यतिमात्र हैन सिंगापुर वा स्विजरल्याण्ड बनाउने कुरा हास्यास्पद र हास्यव्यङ्ग्यका र सटायरिक डाईलग बन्दैछन । समृद्धिको सपना विपनामा फेरिन सकिरहेको छैन । के नेपाल सँधै गरीबी, अभाव, पछौटेपन र अल्पविकसित अवस्थामै रहनु ? नेपालीको समृद्ध बन्ने सपना तुहिएकै हो ? के समृद्ध राष्ट्र सँग तुलना गर्ने कर्म र सपना सँधैका लागि हास्यास्पद हुन ? यस बारेमा आमरुपमा फरक धारणा निर्माण गर्न पर्छ । संसारमा तरक्कि गरेका, आश्चर्यजनक फडको मारेका र आर्थिक छलाङ मारेका केही देशहरु पनि छन । जस्तै : बोत्स्वाना ।

अफ्रिकाको दक्षिणी भागमा अवस्थित एक भूपरिवेष्ठित मूलुक हो बोत्स्वाना । नामिविया, दक्षिण अफ्रिका, जाम्विया र जिम्वाब्बेसँग सिमाना जोडिएको बोत्स्वाना सन १९६६ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको थियो । त्यसताका त्यहाँ जम्मा १४ किमि पक्कि सडक, २२ जना विश्वविद्यालयबाट स्नातक पास गरेका बौद्धिक र करिव १०० जना स्कुल तह पास गरेका मानिसहरु थिए । देशको अर्थतन्त्रको करीव ७० प्रतिशत बैदेशिक सहायता र अनुदानमा निर्भर थियो । प्रतिब्यक्ति आय प्रतिवर्ष ६० अमेरिकी डलर बराबरमात्र थियो । निर्यातको मुख्य बस्तु कृषि उपज थियो । गाईको मासु मुख्य निर्यात वस्तु थियो । करिव ५० वर्षपछि अहिले त्यस देशको अर्थतन्त्र अफ्रिकाको सबैभन्दा सबल र अनुकरणिय छ । सन २०१८ मा आईपुग्दा त्यस देशको प्रतिब्यक्ति आय ७८५३ डलर प्रतिवर्ष पुगेको छ । मान्नुस बोत्स्वानाले आर्थिक समृद्धिको उडान भरेको छ र वेगवान छ । संसारकै मै हुँ भन्ने अर्थशास्त्रीहरु उसको प्रगतिलाई अफ्रिकाको चमत्कारको संज्ञा दिन्छन । अर्कोतिर एशियाली मुलुक नेपाल पछिल्लो ५० वर्षमा खासै प्रगतिको बाटो समात्न सकेको छैन । खासगरी आर्थिक प्रगतिको सवालमा । त्यस्तो के राज छ जसले बोत्स्वानालाई समृद्धिको शिखरमा चढायो जुन नेपालका लागि पनि अनुकरणीय हुन सकोस् ।

प्राकृतिक श्रोतको उपयोग :
गरीबी, अभाव र पछौटेपनले आहात बोत्स्वानाले यसबाट मुक्ति पाउनका लागि हरसम्भव प्रयास गर्यो । उसले आफ्नो प्रकृतिमा अवस्थित हीरा पत्ता लगायो र यसको प्रशोधनको तयारी सहित हिराका गहनाहरुको उत्पादन र निकासीलाई प्राथमिकतामा राख्यो र सफल भयो । पानीको श्रोतहरुको अभाव र मरुभूमिको पीडालाई हीराले त्राण दियो र आज उ समृद्धिको शिखर चढदैछ । नेपालमा पनि प्राकृतिक श्रोतहरुको प्रचुरता रहेको मानिन्छ । पानी र जलश्रोतमा त नेपाल विश्वकै दोश्रो धनी राष्ट्र हो । मुस्ताङ, मनाङ लगायतका हिमालय पर्वतहरुमा युरेनियम रहेको अनुमान छ । युरेनियम अत्यन्तै महङ्गोमा निर्यात गर्न सकिन्छ । यसतर्फ खोज अनुसन्धानको कुनै पहल भएको छैन । जडिबुटी, काष्ठउत्पादन, बिद्युत जस्ता प्रकृति प्रदत्त वस्तुहरु निर्यातको अर्जुनदृष्टि बनाउन नेपालले बोत्स्वानाबाट सिक्न सक्छ ।

निपुण र सक्षम कर्मचारीतन्त्र :
अनुसन्धानकर्ताहरु बोत्स्वानाको आर्थिक विकास समृद्धिको मूल आधार त्यहाँको कर्मठ, निपुण र सक्षम कर्मचारीतन्त्रलाई मान्छन । मेरिटोक्रेसि बेसिसमा कर्मचारीहरुलाई सेवामा नियुक्ति गरिन्छ । राजनीतिक हस्तक्षेपबाट कर्मचारीतन्त्र मुक्त छ । समाजका सबैभन्दा सक्षम ब्यक्तिहरुको समुहले बोत्स्वानाको कर्मचारी संयन्त्र भरिएको छ । त्यसो त नेपालमा पनि लोकसेवा मार्फत सबैभन्दा सक्षम ब्यक्तिहरुलाई कर्मचारीतन्त्रमा लिने सैद्धान्तिक अवधारणा छ । तर, वस्तुत करारमा आसेपासेलाई नियुक्ति दिने र आन्दोलन वा हडतालको आवरणमा जुस पिलाएर स्थायी गराउने रोगले नेपाली कर्मचारीतन्त्रलाई र मेरिटोक्रेसिलाई ध्वस्त पारेको छ ।

सार्वजनिक संस्थाको संस्थागत विकास :
बोत्स्वानामा सार्वजनिक संस्थालाई संस्थागत विकासका लागि अवसरहरु दिईएको छ । नाताबाद, कृपावाद र पक्षधरतामुक्त बनाईएको छ । भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिएको छ । संस्थाहरुलाई संस्थागत विकासको अवसर दिनु समृद्धिको मार्ग निर्धारण गर्नु हो । गलत गर्नेहरुलाई दण्ड र राम्रो गर्नेहरुलाई पुरस्कृत नगरि यो सम्भव छैन । नेपालमा संस्थागत विकासको पक्ष उदासिन रहेको छ । सरकारि संस्थानहरु टाट पल्टनु यसैको उदाहरण हो । सरकारी स्कुलको जागिर रुचिको विषय हुनु तर त्यसैमा आफ्नो बच्चा पढाउन अरुचि पैदा हुनु नै संस्थागत अधोगतिको प्रमाण हो । जचुकालि, भृकुटी कागज, बाँसवारी जुत्ता, हेटौडा कपडा, काठमाडौ रोप वे, साझा यातायात सबै सकिय । आफुमात्रै सकिएनन देशलाई डुवाए । देशले सबैभन्दा बढि लगानी गरेको त्रिभुवन विश्वविद्यालय भन्दा काठमाडौं विश्वविद्यालयको गुणस्तरीयता मा मानिसहरूको विश्वास वढिरहेछ । कारण के रु सरकारका अङ्गहरु र सार्वजनिक संस्थाहरुमा संस्थागत विकास अवरुद्घ छ । संस्थागत भ्रष्टाचारको दलदलमा परेर निसासिएको अवस्था छ । कार्यकारीको कुर्चिमा चमत्कारीक ब्यक्ति लानमात्र सक्दा कति परिवर्तन सम्भव छ भन्ने हेर्न विद्युत प्राधिकरण हेरे पुग्छ । कुलमान भन्दा पहिलालका कार्यकारीहरु कति लापरबाही पुर्ण थिए अनुमान गर्न सकिन्छ । तर, ती लापरबाहीहरु कहिल्यै कारवाहिको दायरामा आएको देखिएन ।

राजनेताको भूमिका :
सफल कर्मचारी र प्रमाणित रेकर्ड भएको मानिसमात्र बोत्स्वानाको कार्यकारी प्रमुखका लागि योग्य मानिन्छ । कम्तिमा एक कार्यकाल उपप्रमुख भएको मानिसले मात्रै प्रमुख कार्यकारिमा रहने अवसर पाउने गरि निर्वाचन को व्यवस्था गरिएको छ । नेपालमा यो अभ्यास निकै पृथक छ । चिनियाँ मोडलमा जस्तै ुसेलेक्सन पलस ईलेक्सनु को मापदण्ड बोत्स्वानामा लागू छ । प्रजातान्त्रिक अभ्यासको नाममा केवल ईलेक्सनमा मात्रै भरपर्दा मेरिटोक्रेसि छायाँमा पर्छ । नेपालको अभ्यासमा ध्यानदिने हो भने पनि नेताहरु प्रशस्तै भए तर दक्षतासहितको राजनेताको अभाव खड्किएको सर्वत्र महसुस गरिएको छ ।

स्मार्ट कूटनीति:
आधुनिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सफल कूटनीतिक क्षमतामा निर्भर छ । अनुसन्धानहरुले बोत्स्वानाको कूटनीतिक क्षमता स्मार्ट रहेको देखाएका छन । छिमेकी दक्षिण अफ्रिकाको तुलनामा साह्रै सानो भुगोल र अर्थतन्त्र भएर पनि बोत्स्वानाको सन्तुलित र स्मार्ट कूटनीतिक क्षमताले गर्दा मित्रराष्ट्रहरुसँग सौहार्द सम्बन्ध बनाईराख्न सफल भएको छ । एउटा भूपरिवेष्ठित देशले त्यस तहको अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्नु उसको कूटनीतिक चातुर्यताको प्रतिफल हो । आर्थिक विकासमा कूटनीति र आर्थिक कूटनीतिक क्षमता अत्यन्तै आवश्यक तत्वहरु हुन । नेपालका सन्दर्भमा भने कूटनीतिक क्षमता र विदेश नीतिमा प्रशस्त सुधारका ठाउँ छन । खासगरि अस्थिर राजनीतिक अवस्थामा सरकारको परिवर्तन सँगै धारणा बदलिने गरेको पाईएको छ । सरकारमा हुँदा एउटा र वाहिरहुँदा अर्को स्ट्यान्डर्ड अपनाउनु नेपाली राजनीतिक नेतृत्वको चरित्र रहेको छ । सायद यहि कारणले विश्वकै दुईठुला अर्थतन्त्र चिन र भारतको सन्निकट रहेर पनि नेपालले बोत्स्वानाले जस्तो अपेक्षाकृत फाइदा लिन सकेको छैन ।

अन्त्यमा, नेपाल विश्वकै समृद्ध तर नेपालजस्तै प्रकृतिले समृद्ध, सानो र भुपरिवेष्ठित युरोपेलि राज्य स्विजरल्याण्ड, वा डेनमार्क वा नर्वेको जस्तो अहिल्यै नहोला एशियाली सफल सानो राष्ट्र सिङ्गापुर जस्तो पनि नहोला तर अफ्रिकी सानो भुपरिवेष्ठित बोत्स्वानाले जस्तै प्रगतिकोपथ त पछ्याउन पर्यो नि । हैन र रु गफले जे जे भनेपनि व्यवहारमा बोत्स्वानाबाट सिक्नसके नेपालको समृद्धिको यात्रा सुदुर क्षितिजको विषय पक्कै हैन । अतः योजना, कर्म र अनुकरणले समृद्धिको सपना साकार पार्न सकौं । धन्यवाद ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
धनीले कसरी खेल्छन् पैसाको खेल ?

धनीले कसरी खेल्छन् पैसाको खेल ?

काठमाडौँ । अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य...

पुष्पलालप्रति नेपाली जनताको आस्था

पुष्पलालप्रति नेपाली जनताको आस्था

काठमाडौँ । मानिसहरू यो संसारमा जन्मन्छन् र आफ्नो राष्ट्रका लागि...

साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

काठमाडौँ । साउन महिना बहुत मोहक र मादक हुन्छ ।...

ओली सरकारसँग स्थिरताको आशा

ओली सरकारसँग स्थिरताको आशा

काठमाडौँ । गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे...

शंकाको घेरामा प्रधानमन्त्री ओली

शंकाको घेरामा प्रधानमन्त्री ओली

काठमाडौँ । गत असार १७ गते मध्यरातमा नेपाली काँग्रेस र...

राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

काठमाडौँ । आठ मार्च अर्थात् विश्व नारी दिवस नेपालमा पनि...