back
CTIZAN AD

गजल

वि.सं.२०७६ मंसिर २१ शनिवार

975 

shares

खुशीसाथ जिउनुपर्छ, वाधा अड्चन फुकाएर
रमाउनुको के अर्थ छ र, अरुको मन दुखाएर

गलत छन् अरु सबै, सही त म मात्रै हुँ भन्छन्
हिँड्छन् तिनै, दुनियाँको सामु नजर झुकाएर

नदेखाउनु दुःख कसैलाई,तमासे छन् यहाँ धेरै
मस्तसँग हाँस्नुपर्छ बरु, पीडा व्यथा लुकाएर

भुल्नुहुन्न कहिल्यै पनि, दुःखमा साथ दिनेलाई
सन्तोषको श्वास फेर्नुपर्छ, तिनको गुन चुकाएर

कहिले यता कहिले उता, हिँडेका छन् भौँतारिँदै
प्यास मेट्न खोज्दैछन्, आफैले मुहान सुकाएर

वि.सं.२०७६ मंसिर २१ शनिवार ०९:५६ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...