back
CTIZAN AD

कविता : १५ अगस्त

वि.सं.२०७६ मंसिर २१ शनिवार

933 

shares

आफ्नै आमा ठानेर
शिरमा सजाएको यो देशले
मलाई राखेको छ–
उसको खुट्टा भन्दा मुनि ।

आफ्नै भाग्यको देवता सम्झेर
आलो रगतको बलि चढाएको यो देशले
परिचयको तिर्खाहरूमा
पानीसम्म सोध्दैन ।

जीवनलाई पीरको भीरमा राखेर
साँध सिमानाहरूमा ऊभेको म
बस ! उसको लागि
मात्र दरवान हुँ ।

देशको विजय ध्वनि सुनाउन
म लाटा भएको छु
देशको सुनौलो बिहान उदाउन
म अन्धो भएको छु
देशको निरन्तर बिकास हिडाउन
म लङ्गडो भएको छु
तर मेरो खातिर
अकाल र अभावहरूको रातमा
मेरो छेउमा ऊभिन समेत
इन्कार गर्ने यो देशको
खोई कसरी मनाउ
आफ्नो भागको स्वतन्त्रता ?

हुण्डरीहरूमा उभिएको म
हिजो सेताहरू थिए
मेरो भागको खुशीहरू उडाऊने
आज कालाहरू छन्
मेरो भागको सपनाहरू लुटाउने
हिजो बाहिरकाहरू थिए
विपनाहरू लघार्ने
आज भित्रकाहरू छन्
मेरा चाहनाहरू चिथोर्ने ।
तब मनाउ कसरी ?
यी मर्मका पर्व जस्ता
प्रतिबन्धको यो ठाउँमा
निषेधहरूको यो गाउँमा
किनारामा उभिएको म जस्तोले
१५ अगस्त ।
क्यालेन्डरमा रातो रंगले रङ्गिएको
एउटा सरकारी बिदा जस्तो
विद्यार्थीहरूको कार्यक्रम जस्तो
हरेक बर्ष १४ पछि आउने
मात्र १५ अगस्त जस्तो ।

तथापि
मनको एक कुनाले किन हो
देशलाई आफ्नो ठान्न कहिल्यै भूल्दैन ।

वि.सं.२०७६ मंसिर २१ शनिवार ०९:५८ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...