back

कविता : १५ अगस्त

वि.सं.२०७६ मंसिर २१ शनिवार

144 

shares
RBB AD
NTC AD

आफ्नै आमा ठानेर
शिरमा सजाएको यो देशले
मलाई राखेको छ–
उसको खुट्टा भन्दा मुनि ।

आफ्नै भाग्यको देवता सम्झेर
आलो रगतको बलि चढाएको यो देशले
परिचयको तिर्खाहरूमा
पानीसम्म सोध्दैन ।

जीवनलाई पीरको भीरमा राखेर
साँध सिमानाहरूमा ऊभेको म
बस ! उसको लागि
मात्र दरवान हुँ ।

देशको विजय ध्वनि सुनाउन
म लाटा भएको छु
देशको सुनौलो बिहान उदाउन
म अन्धो भएको छु
देशको निरन्तर बिकास हिडाउन
म लङ्गडो भएको छु
तर मेरो खातिर
अकाल र अभावहरूको रातमा
मेरो छेउमा ऊभिन समेत
इन्कार गर्ने यो देशको
खोई कसरी मनाउ
आफ्नो भागको स्वतन्त्रता ?

हुण्डरीहरूमा उभिएको म
हिजो सेताहरू थिए
मेरो भागको खुशीहरू उडाऊने
आज कालाहरू छन्
मेरो भागको सपनाहरू लुटाउने
हिजो बाहिरकाहरू थिए
विपनाहरू लघार्ने
आज भित्रकाहरू छन्
मेरा चाहनाहरू चिथोर्ने ।
तब मनाउ कसरी ?
यी मर्मका पर्व जस्ता
प्रतिबन्धको यो ठाउँमा
निषेधहरूको यो गाउँमा
किनारामा उभिएको म जस्तोले
१५ अगस्त ।
क्यालेन्डरमा रातो रंगले रङ्गिएको
एउटा सरकारी बिदा जस्तो
विद्यार्थीहरूको कार्यक्रम जस्तो
हरेक बर्ष १४ पछि आउने
मात्र १५ अगस्त जस्तो ।

तथापि
मनको एक कुनाले किन हो
देशलाई आफ्नो ठान्न कहिल्यै भूल्दैन ।

वि.सं.२०७६ मंसिर २१ शनिवार ०९:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...