back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ मंसिर २१ शनिवार

4.8K 

shares

१.
जिन्दगी चलाउनलाइ गीताको सार भए पुग्छ
मुटु रेट्नलाइ त केवल फूलको धार भए पुग्छ
नजाऊ सागरको लहर संगै भबिस्य खोज्न् प्रिय्
बाँच्नलाइ त सागरले छाडेको किनार भए पुग्छ ।

२.
रमाइलो खुब लाग्छ पिरतिको फूल गोड्नलाई
छिचरो बचन नै काफी कमलो दिल तोड्नलाई
दुईबीचको संवादमा वचनले नै मन टुट्नसक्छ,
टुटेपछि मनको बिश्वास गाह्रो हुन्छ जोड्नलाई ।

३.
बकुल्ला झै कुरिबस्छ मौका पाए किची हाल्छन्
निर्धोलाइ भेट्यो कि त बलियाले थिची हाल्छन्
गाईमारेर गधा पोस्छन् अनि पर्छन् उसकै शरण,
ठाउँ पाए छिमेकीले साँधसीमा त मिची हाल्छन् ।

४.
यो ढुकढुकी यो मायाको खानी तिमीलाई
संसार देख्ने यो आँखाको नानी तिमीलाई
अन्यथा नसम्झिदै मेरो मनसय बुझे हुन्थ्यो,
सुम्पिएदिए यो घायलको जवानी तिमीलाई ।

५.
अध्यारो मनभित्र संस्कारको जून पाल्न पाए
अलिनो बिचारमा मानवताको नुन हाल्न पाए
सुन्दर हुन्थ्यो यो संसार हत्याहिंसा हुदैनथ्यो कि ?
मानव भित्र जकडिएको अबगुन फाल्न पाए ।

वि.सं.२०७६ मंसिर २१ शनिवार ०९:५९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...