back
CTIZAN AD

कविता : समय रेटेर

वि.सं.२०७६ मंसिर २१ शनिवार

1.1K 

shares

समयलाई रेटेर हत्या गरेको पल,
उसै मृत्युन्मुख भएको पल,
मैले अरुको मृत्यु याद गर्छु,
दुर्घटना याद गर्छु,
महसुस गर्छु मृत्यु,
र जीवनलाई ठहर भन्छु ।

अक्सर मान्छेहरु जन्म दिन याद गर्छन्,
तर मृत्युको पुर्वानुमान !
पुर्वाभ्यास !
कल्पना नै गर्दैनन्,
अथवा भेउ पनि पाउदैंनन्,
र सतर्क हुदैनन् जीवनसँग,
नकि मृत्युसँग ।

तेह्रौ दिनसम्म मानिसहरुको लर्को यति हुन्छ,
अहो !
मान्छे अचाक्ली कमाएको रहेछ,
एवं समवेदनाको ओइरो देख्दा लाग्छ,
अहो !
मान्छे त मृत्यु हुँदा फेला पर्छन्,
मानवता यता फेला पर्दोरहेछ ।

मलामीबाट,
चिहानबाट फर्केको एकाध घण्टा पछि,
रडाको उही ईख उही,
मृत्यु महसुस गरेको एकाध पाएपछि,
जीवनको चरण उही,
क्रोध,हिँसा,
उही गतिमा ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:०२ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...