back

कविता : समय रेटेर

वि.सं.२०७६ मंसिर २१ शनिवार

561 

shares

समयलाई रेटेर हत्या गरेको पल,
उसै मृत्युन्मुख भएको पल,
मैले अरुको मृत्यु याद गर्छु,
दुर्घटना याद गर्छु,
महसुस गर्छु मृत्यु,
र जीवनलाई ठहर भन्छु ।

अक्सर मान्छेहरु जन्म दिन याद गर्छन्,
तर मृत्युको पुर्वानुमान !
पुर्वाभ्यास !
कल्पना नै गर्दैनन्,
अथवा भेउ पनि पाउदैंनन्,
र सतर्क हुदैनन् जीवनसँग,
नकि मृत्युसँग ।

तेह्रौ दिनसम्म मानिसहरुको लर्को यति हुन्छ,
अहो !
मान्छे अचाक्ली कमाएको रहेछ,
एवं समवेदनाको ओइरो देख्दा लाग्छ,
अहो !
मान्छे त मृत्यु हुँदा फेला पर्छन्,
मानवता यता फेला पर्दोरहेछ ।

मलामीबाट,
चिहानबाट फर्केको एकाध घण्टा पछि,
रडाको उही ईख उही,
मृत्यु महसुस गरेको एकाध पाएपछि,
जीवनको चरण उही,
क्रोध,हिँसा,
उही गतिमा ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:०२ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...