back
CTIZAN AD

हैदरावाद बलात्कारपछि हत्याकाण्डका चार आरोपी इन्काउन्टरमा मारिएपछि के भन्छन् त प्रहरी ?

वि.सं.२०७६ मंसिर २२ आइतवार

840 

shares

२२ मंसिर, काठमाण्डौं । हैदराबादकी जेटिए डाक्टरमाथि बलात्कार पछि हत्या गरेका चार आरोपिहरु प्रहरी मुठभेडमा मारिएपछि यतिबेला भारतीय समाज दुईतिर विभाजित भएको छ ।

कसैले आरोपि मुठभेडमा मारिएको भन्दै प्रहरीलाई नै उचालेर प्रसंसा गर्दै खुसीयाली मनाएका छन् भने केहीले आलोचना समेत गरेका छन् ।

यसैबीच हैदरावाद साइबराबादका प्रहरी आयुक्त वीसी सज्जनारले पत्रकार सम्मेलन गरेरै यस घटनाका बारेमा बताएका छन् ।

उनले मुठभेड घटनाबारे ११ बुँदामा यस्तो भनेका छन्

१ शमशावाद एरियामा २७–२८ को राति भेटनरी डाक्टरलाई अपहरण गरेर बलात्कार गरेर जलाइयो ।

२ हामीले चारजनालाई ३० नोभेम्बरमा गिरफ्तार गर्यौ । उनीहरुलाई चेल्लापल्ली मजिस्ट्रेटको नजिक पठाइयो ।

३ चारै आरोपिलाई ४ डिसेम्बरमा दश दिनका लागि हिरासतमा लिएर पाँच डिसेम्बरको दिन सोधपुछ गर्यौ ।

४ उक्त समय उनीहरुले बताए कि, पीडितको फोन, घडी, पावर बैंक इत्यादि उक्त ठाउँमा लुकाएको बताएको र सोहि खोज्नका लागि त्यहाँ पुगेका थियौं ।

५- हाम्रा दश प्रहरी उनीहरुको साथमा थिए ।

६-हामी ती अपराधिलाई लिएर आएका थियौं । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि हमला गरे । उनीहरुले हाम्रा दुई प्रहरीको हातबाट हतियार खोसेर गोली चलाउन थाले । सबैभन्दा पहिले प्रहरीमाथि आक्रमण मोहम्म्द आरिफिले गरे । त्यसपछि अर्का अभियुक्तले पनि आक्रमण गरे । चेतावनी दिँदा पनि उनीहरु रोकिएनन् । प्रहरीलाई जवाफी कारबाही गर्नुपर्यो जसमा उनीहरु चारैजना मारिए ।

७-घटना बिहान ४ :४५ देखि ६ :१५ को बिचमा भएको हो । उनीहरुलाई हामीले रातको समयमा उक्त स्थानमा लगिएको नभएर बिहान लगिएको थियो । किनकी, उनीहरुको सुरक्षाका लागि खतरा थियो ।

८- हामीलाई शंका थियो कि, मानिसहरु कर्णाटकमा पहिले भएको यस्तै घटनामा सहभागी भएका थिए । त्यसको जाँच चलिरहेको छ ।

९ -हाम्रा प्रहरी अधिकारी पनि घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

१०- यस घटनामा सरकार, मानवअधिकार आयोग र अरु जो पनि मानिसहरु जसरी सोधपुछ गरिरहेका छन् उनीहरु सबैलाई हामी जवाफ दिन तयार छौं ।

११- केवल यति भन्न सक्छु कानुनले आफ्नो दायित्व निभाएको हो ।

बिबिसी

वि.सं.२०७६ मंसिर २२ आइतवार ११:३३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...