back
CTIZAN AD

आगलागी पीडितलाई १४ अर्ब डलर भुक्तानी गर्न सहमति

वि.सं.२०७६ मंसिर २२ आइतवार

849 

shares

२२ मसिंर, वासिङ्टन ।  संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजिई) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ ।

गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै दशौं हजार घर ध्वस्त भएका थिए ।उत्तरी क्यालिफोर्नियामा “क्याम्प फायर” नाम दिइएको उक्त डढेलो पिजिई कम्पनीले निर्माण गरेको विद्युतीय प्रशारण लाइनमा आएको गडबडीले भएको आरोप छ ।

प्रशारण लाइनबाट निस्किएका आगोका झिल्काकै कारण जंगलमा आगो सल्किएको अनुसन्धानबाट खुलेको थियो । अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक मानिएको यस डढेलोबाट ८६ जनाको जलेर मृत्यु भएको थियो ।

अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार पिजिई कम्पनीले भुक्तानी गर्नुपर्ने रकमका बारेमा संघीय न्यायाधीशले फेरि सुनुवाई गर्नुपर्ने छ ।

पीडितको प्रतिनिधित्व गर्ने सान फ्रान्सिस्कोको बेकर होस्टेट्लरका वकील रोबर्ट जुलियानले पीडितको पक्षमा भएको फैसलाबाट आफूहरु उत्साहित भएको बताए ।

वन डढेलाका पीडितहरु आफ्ना घर, व्यवसाय र आफन्त गुमाएर ठूलो चोटमा परेको उनको भनाई थियो । पछिल्लो निर्णयबाट पीडितहरुलाई थोरै भए पनि राहत मिल्नेछ ।

पीडितका तर्फबाट अदालतमा दायर गरिएको मुद्दामा पिजिईका उपकरणहरुकै कारण जंगलमा आगलागी भएको र व्यापक विनाश भएको आरोप लगाइएको छ ।

वि.सं.२०७६ मंसिर २२ आइतवार ११:२५ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...