back
CTIZAN AD

बाख्रापालनलाई प्रवद्र्धन गरिँदै

वि.सं.२०७६ मंसिर २५ बुधवार

828 

shares

२५ मङ्सिर, मकवानपुर । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ । कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

“उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम शुरुआत गर्न लागिएको हो ।” प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले भने ।

उनका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही पालिकामा सो कार्यक्रम सञ्चालनमा आउनेछ । मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका, चितवनको राप्ति नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट—रोराङ्ग गाउँपालिकामा कार्यक्रम कार्यान्वन हुने छ ।

मन्त्री लामाले बाख्रापालन फार्मलाई रु ५० लाखसम्म अनुदान रकम दिइने र यसका लागि सूचनासमेत प्रकाशित भइसकेको वताउनुभयो । “यो कार्यक्रममा मुख्य लक्ष्य भनेको उन्नत जातका बाख्रा भित्र्याउनु नै हो”, उनले भने ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १३:१० मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...