back
CTIZAN AD

‘साग’ नेपाल बाहिर नजाओस् भन्नेमा सतर्क थियौँ’ : अध्यक्ष श्रेष्ठ

वि.सं.२०७६ मंसिर २५ बुधवार

750 

shares

२५ मसिंर, काठमाडौँ । तेस्रोपटक घरेलु मैदानमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक जितेको छ । सागको साढे तीन दशकको इतिहासमा यस वर्ष नेपालले कीर्तिमानी प्रदर्शन गर्नुका साथै हालसम्मकै सर्वाधिक स्वर्णपदक जितेको छ ।

खेलमा सफलता प्राप्त भएपछि यसको तयारीको सर्वत्र प्रशंसा हुनुका साथै खेलाडीको प्रदर्शनका दृष्टिले पनि नेपालका लागि यो संस्करण महत्वपूर्ण हुन पुग्यो । यो खेल आयोजनामा बाहिरबाट हेर्दा जति सफल देखिएको छ, खेल आयोजनाको पृष्ठभूमिमा सरकारका साथै विभिन्न निकाय र व्यक्तिको त्यत्तिकै मेहनत रहेको छ । तेस्रो निर्धारित समयमा सागको यो संस्करण नेपालमा आयोजना हुन सफल भएको हो ।

खेल नेपालमा आयोजना गर्न ‘नेपाल ओलम्पिक कमिटी’ ले अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले सागको १३औँ संस्करण नेपालमा आयोजना गर्ने भनेर आफूले भारतको गुवाहटीको १२औँ साग समापन सामारोहमा तत्कालीन खेलकूदमन्त्रीको उपस्थितिमा झण्डा लिएको जानकारी गराए । सागको १२औँ संस्करण सन २०१६ फेब्रुअरी ६ देखि १५ सम्म भारतको गुवाहटी र सिलोङमा भएको थियो ।

नेपाल सरकारको तर्फबाट सहमति र खेल आयोजनाका लागि व्यवस्थापनका काम मिलाउँछौँ भन्ने प्रतिबद्धतासहित कमिटीले झण्डा प्राप्त गरेको जानकारी गराउँदै उनले भने, “त्यतिबेला हामी भूकम्पको थिलथिलोमा थियौँ, भूकम्पले खेलकूदका पूर्वाधार धेरै क्षतिग्रस्त बनाएको थियो । खेलकूद पूर्वाधार तयारीका काम पूरा नगरेकाले र राजनीतिक अस्थिरताका कारण निर्धारित समयमै साग आयोजना गर्न सकेका थिएनौँ । त्यसले गर्दा खेल आयोजना हुने मिति धकेल्दै लैजाने र नेपालमै खेल हुने स्थितिलाई सुरक्षित गर्न हामी लागिरह्यौँ ।”

राजनीतिक अस्थिरता अन्त्य भएर निर्वाचनका माध्यमबाट मुलुकमा स्थिर सरकार बनेपछि कमिटीले समन्वय गरेर सरकारको पूर्ण प्रतिबद्धता प्राप्त गरेको थियो । सरकारको पत्रसहित यही वर्षको मार्चमा बैंककमा आयोजना भएको साउथ एशियन ओलम्पिक काउन्सिलको मिटिङबाट डिसेम्बरको १ देखि १० सम्म नेपालमा साग आयोजना गर्ने भनेर निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

“यो समय सार्न नसकिने र यो समयमा खेल आयोजना गरेनौँ भने नेपालमा आयोजना नहुने अवस्था देखिएपछि स्थानीय आयोजकलाई तयारीमा जुटन घच्घच्याउने काम गर्दै आयौँ । यो खेल संस्करण नेपाल बाहिर नजाओस् भन्ने कुरामा त्यतिकै ध्यान दिने काम ग¥यौँ । फलस्वरुप पछिल्लो निर्धारित समयमै खेल आयोजना गर्न सफल भएका हौँ”, उनले भने ।

उनले भने, “नेपालमा खेल आयोजनाका लागि मूलतः जिम्मेवारी नेपाल ओलम्पिक कमिटी भएकाले र साउथ ओलम्पिक काउन्सिलको अध्यक्ष पनि म आफैँ भएकाले यसमा धेरै मेहनत गर्नुपरेको थियो । कतिपय अवस्थामा नेपालमा आयोजना हुन सक्छ कि सक्दैन भनेर स्थलगत भ्रमण गर्नुप¥यो भनेर दक्षिण एशिया एशियाका साथीहरुले तयारीका बारेमा चासो लिएपछि हामीले टार्दै आएका थियौँ ।”

अध्यक्ष श्रेष्ठले समयमै खेलकूद पूर्वाधार निर्माणका काम भएको छैन भन्ने जानकारी भएकाले आफूहरुले विदेशी मित्र स्थलमा आउनेबित्तिकै यथार्थ अवस्था देखेर नेपालबाट खेल बाहिर जानसक्ने आशङ्का रहेको अवगत गराए । राष्ट्रिय स्वार्थलाई ध्यानमा दिएर ठूलो कार्यक्रम गरेर राष्ट्रको गौरवको प्रतिष्ठालाई माथि उठाउनुपर्छ, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठामा कुनै पनि हिसाबले आँच आउन हुँदैन भन्ने मनसायसहित यो काम गरेको उनको भनाइ छ ।

“आज खुशी लागेको छ, खेल नियमति भयो । खेलाडीले पनि राम्रो प्रदर्शन गरे । नतिजा पनि राम्रो आयो,” अध्यक्ष श्रेष्ठले भने । यसमा स्थानीय आयोजक समिति भनेको सरकार हो । उनका अनुसार युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्लगायत निकायले खेलकूद पूर्वाधार, व्यवस्थापन, बजेट, खेल स्थानलगायतका सबै कार्य सफलतापूर्वक सम्पन्न गरे ।

कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुने १३औँ सागअन्तर्गतका खेल काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना भएको थियो । यही मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा यस क्षेत्रका सात राष्ट्रका कूल दुई हजार ७१५ खेलाडी सहभागी थिए ।

साग प्रत्येक दुई वर्षमा हुनुपर्ने हो । तर दक्षिण एशियाको राजनीतिक तरङ्गीत अवस्थाका कारण प्रत्येक दुई वर्षमा हुने कुरामा ढिलासुस्ती भइरहेको छ । सागको पहिलो खेल नेपालमा १९८४ मा भएको थियो भने सन् १९९९ मा आठौँ संस्करण पनि नेपालमै भएको थियो । रासस

वि.सं.२०७६ मंसिर २५ बुधवार १३:२५ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...