back
CTIZAN AD

दाङ र नवलपुरमा करिब १३ करोडको इँटा नोक्सान

वि.सं.२०७६ मंसिर २९ आइतवार

882 

shares

२९ मसिंर, घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात करोड ७७ लाख क्षति भएको हो ।

दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य रु साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार रु सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिए ।

घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ\नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारीसमेत गर्न नभएका कारण एक्कासि पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ ।

इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् ।

यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले रु १३ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ ।

रु पाँच करोडको इँटा क्षति
कावासोती– शुक्रबारदेखि परेको वर्षाका कारण नवलपुरका इँटा उद्योगमा रु पाँच करोड बराबरको क्षति भएको छ । अकस्मात भएको वर्षाका कारण नवलपरासी पूर्व नवलपुरमा रहेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा पानीले क्षति पु¥याएको हो ।

वर्षाका कारण जिल्लाका नौ इँटा उद्योगमा भट्टीमा पकाउनुपूर्व (मोडलिङ गरेर राखिएको) तयारी अवस्थामा राखिएको काँचो इँटामा क्षति पुगेको हो ।

यहाँ रहेका नौ उद्योगमा गरेर एक करोड काँचो इँटामा क्षति पुगेको नवलपुर इँटा उद्योग सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । एक करोड इँटाको लागतअनुसार करिब रु पाँच करोड बराबरको क्षति भएको सचिव गौतमले जानकारी दिए ।

नवलपरासी पूर्व नवलपुरमा रहेका रहेका नारायणी इँटा उद्योग कुजौली, पशुपति इँटा उद्योग दुम्कौली, माता मनकामना इँटा उद्योग केउरेनी, केसी इँटा उद्योग मगरकोट, नेपाल इँटा उद्योग मगरकोट, कावासोती इँटा उद्योग हेगौली, देवचुली इँटा उद्योग ढोकी, मनकामना इँटा उद्योग मध्यविन्दु मदनपुर र ट्रावा इँटा उद्योग मदनपुर मध्यविन्दुको इँटा उद्योग गरी नौवटा इँटा उद्योगमा क्षति भएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १२:३७ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...