back
CTIZAN AD

पाटाको अध्यक्षमा विभूतिचन्द ठाकुर चयन

वि.सं.२०७६ पुस ४ शुक्रवार

843 

shares

४ पुस, काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा विभूतिचन्द ठाकुर चयन भएका छन् । पाटाको ४३औँ वार्षिक साधारणबाट ठकुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । पाटाको प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, द्वितीय उपाध्यक्ष टङ्कनिधि दाहाल (नेपाल वायुसेवा निगम), महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) ररहेका छन्

कार्यसमितिमा चार पदेन सदस्य क्रमशः डण्डुराज घिमिरे (महानिर्देशक, पर्यटन विभाग), राजन पोखरेल (महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायुसेवा निगम) र श्रद्धा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) चुनिएका छन् ।सदस्यमा पर्यटन व्यवसायीहरु नरेन्द्रदेव भट्ट, अब्दुल्ला टन्सर केससी, रित्तल राना, टासी गुरुङ, मन्जनी श्रेष्ठ, टीकाराम सापकोटा र राम बाराकोटी चयन भएका छन् । पाटा नेपालको कार्यसमितिमा लाक्पाफुटी शेर्पा, सुनीलकुमार भुसाल, लीला भण्डारी, सञ्जयभक्त माथेमा, पृथ्वी श्रेष्ठ र कुलप्रसाद सुवेदीसहित वैकल्पिक पदाधिकारी तथा सदस्यसमेत चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष ठाकुरले आगामी दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवालासँग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले अघि सारेको ‘समृृृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई पर्यटनमार्फत उजागर एवं सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यास, मानव संसाधन विकास र पर्यटन स्रोतको खोज पहिचानका साथै ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ मा साझेदारीमूलक कार्य गर्ने बताए ।

कार्यक्रममा भ्रमण वर्ष कार्यक्रम संयोजक सुरज वैद्यले नजिकिएको भ्रमण वर्षलाई फलदायी बनाउन पाटाको सक्रिय सहभागिता हुने विश्वास व्यक्त गर्दै पाटाले निरन्तर रूपमा भम्रण वर्ष अभियानप्रति प्रस्तुत गरेको सहकार्य र सहयोगप्रति धन्वयाद ज्ञापन गरे । उनले पाटाको सहकार्यमा आयोजना गरिने नाइस (नेपाल, भारत चीन) कार्यक्रम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने कार्यक्रम भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण हुने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकार र निजी क्षेत्रको सक्रिय भूमिका चाहिने औँल्याए । पाटाका निवर्तमान अध्यक्ष सुनील शाक्यले नेपालको दिगो पर्यटन विकासका लागि सबै एक भई कार्य गर्नुपर्ने बताए । पाटा अन्तर्राष्ट्रियका सिइओ डा मरिओ हार्डीले “हार्र्नेेिसङ ग्लोबल टुरिज्म अपर्चुनिटिज” शीर्षकमा प्रस्तुतीकरण दिँदै नेपाल वर्ष २०२० का लागि पाटाले ‘कोलावोरेशन फर टुमरो’ मूल नारालाई दिगो पर्यटन विकासका लागि रणनीतिक अभियानलाई आत्मसात गरेको बताए ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै पाटाले वरिष्ठ पर्यटन व्यवसायी रवीन्द्रराज पाण्डेलाई “पाटा पर्सनालिटी अफ द इयर २०१९” अवार्डद्वारा सम्मान गरेको छ । त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थामा स्थापित स्टुडेन्ट च्याप्टरहरुमध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई “वेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कारसमेत प्रदान गरेको छ । साथै पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पु¥याएर अवकाश लिएकी कर्मचारी मिना खड्का र पाटन नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध विद्यार्थी सगरमाथा आरोही निसाभोटेलाई समेत सम्मान गरेको पाटाले विज्ञप्तिमार्फत जनाएको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ०८:५१ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...