back
CTIZAN AD

कविता : बन्द ओठको खुसी

वि.सं.२०७६ पुस ५ शनिवार

1.7K 

shares

यतिका बर्षपछि पनि
उ बारम्बार भन्छे
हजुरसँग कति गाढा मन गाँसियो
कति गाढा माया बस्यो
जति पखालेपनि नपखालिने
सेतो लुगाको दाग जस्तो

ओठमा अनौठो मिठास पोखेर
बिगत संझन्छे
औला भाँचेर गन्छे वीस बर्ष भएछ
सपनाजस्तै बित्यो समय

भाग्यमानी हो उ
अनगिन्ती कठिनाईमा पनि
वीसौं बर्ष अफ्ठ्यारोमा परिन
अभावसंग लडिन
कुम जोडेर बसेकी हो
काख छोडेर परपर पनि पुगिन
जीवनमा आँसुहरू बगेनन्
सधैं हिमालजसरी मुस्कुराई
उस्तै छ ओठमा खुसी
अहिले पनि म हेरिरहेछु

तर फरक छ
पहिला उ झरिली थिई
भरिली थिई
कालो केस थियो
ति सबै स्रिंगारमा मिलेका हुन्थे
अहिले असरल्ल देखिन्छ

भन्छे रहर छैन
कति खुसी पाई कति दुःख पाई
भन्दिन
तर लुकेर रोएको देखेको छैन
देखेको छु
हिउको पहाड जस्तै खुलेको
जूनजस्तो फूलेको मुहार

बारबार भन्छे
हजुरसँग गाढा माया बस्यो
वीस बर्ष बितेको पत्तै भएन

जब उ खुसी बाँडछे
करूणा बाँडछे
माया र दया बाँडछे
मेरा मौनताहरू छरिन्छन्
उज्यालो डुबेर उदास हुन्छ मुहार
परपरको अन्कार वरवर हुन्छ
लुकाउन सक्दिन पीडा
आँखा भिज्छन्
मनभित्र चसक्क दुख्छ
तिम्रो माया छ र पो म छु
पखेटा काटिएको चरि जस्तो
तिमीलाई छोडेर स्वतन्त्र उड्न सक्दिन
तर
म उडेपछि
एक्लो गुडमा बस्छ्यौ कसरी
म हाँसेर भन्छु
हो वीस बर्ष वितेको पत्तै भएन
माया गाढा बस्यो
ओठ बन्दछन्
मभित्र अन्तिम चरणको अर्बुदरोग
तिमीलाई थाहा छैन

तप्प आँसु खस्छ
उसले नदेख्दै हतार हतार टिप्छु
मुसुक्क हाँसिदिन्छु

मलाई माफ गर !
अजिर्ण पीडाले नगाँजोस्
तिम्रो खुसीको संसार
बन्द ओठका खुसीहरू भत्काएर
लुकाएको कुरा देखाउन सकिन
सुनाउन सकिन ।

वि.सं.२०७६ पुस ५ शनिवार १०:०६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...