back
CTIZAN AD

कार्तिक महिनामा प्रवासमा हराएका नौ नेपाली सपना

वि.सं.२०७६ पुस ६ आइतवार

822 

shares

बैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विभिन्न देश पुगेका केही नेपाली प्रवासमा हराएका छन् ।

जसमा अमेरिकामा १, कुवेतमा २, कोरियामा १, जापानमा १ र मलेसियामा ३ जना गरेर नौ नेपाली सपना विदेशी भूमिमा हराएको समाचारसंसारन्युजलाई प्राप्त भएको छ ।

अमेरिकामा विजय रेग्मीको निधन भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको सिकागो क्षेत्रका संस्थापक कोषाध्यक्षसमेत रहेका रेग्मीको असामयिक निधनले जनसम्पर्क परिवार मर्माहत भएको भन्दै नेपाली काँग्रेसका आमन्त्रित सदस्य आनन्द विष्टले दुःख व्यक्त गरेका छन् ।

रेग्मीको कात्तिक ३० (नोभेम्बर १६) का दिन मृत्यु भएको हो । उनको के कारणले मृत्यु भयो भन्ने खुलाइएको छैन ।

मलेसिया पुगेको २ महिना नपुग्दै पाल्पाका यमबहादुर बयम्बुको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ६ अर्चलेका बयम्बुको कम्पनीले समयमै उपचार नगरेका कारण मृत्यु भएको उनकी बहिनी कान्तिसराको भनाई उल्लेख गर्दै पाल्पाबाट पत्रकार देवबहादुर पचभैयाले लेखेका छन् । गम्भीर बिरामी भएका ४२ वर्षीय बयम्बुको उपचारका क्रममा कात्तिक २६ (१२ नोभेम्बर) मा ज्यान गएको हो ।

काठमाडौंको रिजा म्यानपावरबाट मलेसियामा रहेको जेराई सेक्युरेटी सर्भिसमा काम गर्न पुगेका उनलाई गम्भीर बिमार हुँदा पनि कम्पनीेले नाटक गरेको भन्दै उपचारमा हेलचेक्रयाइँ गरेको बताइएको छ । त्यस्तै म्यानपावरकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरेपनि नभएको बताएकी छन् । बिरामी भएको १० दिनपछि मात्र बयम्बुलाई कम्पनीले उपचारका लागि अस्पताल लगेको बताइएको छ । कम्पनीको लापरवाहीकै कारणले मृत्यु भएको भन्दै बयम्बुको परिवारले मलेसियन कम्पनी र म्यानपावरमाथि कारबाहीको माग गरेका छन् । बयम्बुको परिवारमा बुवाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।

कोरियामा कार्यरत संजय विकको मृत्यु भएको छ । रौतहट घर भइ ६ वर्षदेखि कोरियामा बस्दै आएका ३५ वर्षीया बिकको उपचारका क्रममा कात्तिक २७ (१३ नोभेम्बर) मा दिन मृत्यु भएको हो । करिब ६ वर्षअघि पर्यटन भिषामा कोरिया छिरेर अवैधानिक रुपमा बस्दै आएका बिक हेपाटाइटिसबाट ग्रस्त भएको र उपचारका क्रममा सोल नेशनल मेडिकल सेन्टरमा मृत्यु भएको नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाका अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् । उनको दाहसंस्कार कोरियामै गरिने पनि केसीले जनाएकी छन् । बिककी श्रीमती कोरियामै कार्यरत रहेकी छन् भने उनीहरूका एक छोरा रहेको बताइएको छ ।

रोजगारीका लागि कुवेत पुगेका दाङका जबिन्द्र परियारको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका २ सुकेडाँगीका ३६ वर्षीय परियारको कुवेत पुगेको डेढ महिनामै कार्तिक २४ (नोभेम्बर १०) मा मृत्यु भएको बताइएको छ । सेप्टेम्बर २७ मा कुवेतको मरिना थाई रेष्टुरेण्टमा काम गर्न पुगेका उनी दुई दिन मात्रै ड्युटी गरेपछि बिरामी परेका थिए । एक्कासी टाउको दुखेपछि अक्टोबर २ मा फर्वानियाको अल सिफा अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि त्यहाँबाट उनलाई रिफर गरिएको थियो । अस्पतालका अनुसार उनलाई मष्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मृतकका भाइ शैलेन्द्र परियारले जनाएका छन् । उनको परिवारमा एक छोरा, एक छोरी र श्रीमती रहेको बताइएको छ ।

कुवेतमै भोजपुरका ३९ वर्षीय पदम बहादुर मगरको मृत्यु भएको छ । रोजगारीका लागि ६ महिना अघिमात्र कुवेतको आरआइसि कुलेक्स कम्पनीमा काम गर्न पुगेका मगर आफू कार्यरत कम्पनीमै कात्तिक ६ (अक्टोबर २३) मा मृत भेटिएका हुन् । काम सकेर कोठामा समयमै नआएपछि खोजी गर्दा कार्यस्थलमै भुँइमा लडेको अवस्थामा भेटिएका थिए ।

जापानमा कार्यरत कास्की हेम्जाका चिरञ्जीवी गिरीको ट्रकको ठक्करबाट ज्यान गएको छ । तीन महिना अघि मात्र अध्ययनका लागि जापान पुगेका गिरीलाई जापानको स ेन् द ा इ क ा े मियागिनो वार्डमा साइकलबाट जेब्रा क्रसिङ गरिरहेका बेला ट्रकले ठक्कर दिएको जापानी
प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइए पनि त्यहाँका चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

मलेसियाको जोहारमा कार्यरत सप्तरीका प्रमोद भिनवारको मृत्यु भएको छ । तिरुहुत गाउँपालिका ३ पिप्रराहीटोलका ३२ वर्षीय भिनवार ड्युटी जाने क्रममा एक्कासी बेहोस भएपछि मृत्यु भएको उनका जेठान सुरेन्द्र कुमार यादवले जानकारी दिएका छन् । जोहर मोआर एसिया कुन्दन उल्लुस्थित जिलियन कक्रेसियन कम्पनीमा कार्यरत यादवको कात्तिक तेश्रो साता मृत्यु भएको हो । अचानक बेहोस भएका उनको के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन । दुई वर्ष अगाडि मलेसिया पुगेका उनको मृत्युपछि पीडामा परेको परिवारले उनको शब नेपाल ल्याइदिन सरकारसँग अनुरोध गरेका छन् ।

मलेसियामै दाङका अर्का युवाको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका २ बाघमारेका ४२ वर्षीय मोहन केसीको असोज २९ गते मृत्यु भएको हो । दसैंको टिकाको दिन एक्कासी बेहोस् भएका उनको मलेसियाको सालम अस्पतालमा उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको उनका आफन्त शुरेस ओलीले जानकारी दिएका छन् । डिएचएल सप्लाइ चैन कम्पनीमा कामगर्ने उनी एक महिना अघिमात्र मलेसिया पुगेका थिए ।

वि.सं.२०७६ पुस ६ आइतवार १३:१४ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...