back
CTIZAN AD

भर्जिनियामा एकैपटक ६९ गाडी दुर्घटना, ५१ घाइते

वि.सं.२०७६ पुस ७ सोमवार

750 

shares

७ पुष । अमेरिकाको भर्जिनियाको विलियम्सबर्ग नजिकै आई ६४ को पश्चिमपट्टि गल्लीमा एकैपटक ६९ गाडीहरु एकापसमा ठोकिएका छन् ।
फक्सन्यूज डटकमले समाचारमा जनाए अनुसार दुर्घटना आइतबार बिहान ७.१५ बजे भएको हो । उक्त दुर्घटनामा कम्तीमा पनि ५१ जना व्यक्ति घाइते भएको जनाइएको छ ।

उक्त दुर्घटना हिउँका कारण कारण भएको प्रहरी स्रोतलाई उद्दत गर्दै समाचारमा जनाइएको छ ।  दुर्घटनाको समयमा, क्वीन्स क्रिक ब्रिजमा बरफ थियो र भारी कुहिरोले क्षेत्र ओगटेको थियो । एक पछि अर्को गरि गाडीहरु एक आपसमा ठक्कर दिन पुगेका थिए ।

बरफ र कुहिरोका कारण दुर्घटना भएको हुन सक्ने सुरुको अनुमान भएपनि यकिन कारण बारे भने थप अनुसन्धान गरिने उल्लेख छ ।

घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा दुईको अवस्था गम्भिर भएको, ११ जनाको उपचार भैरहेको र अन्य भने सामान्य उपचारपछि घर फर्किएको प्रहरी स्रोतले जनाएको छ ।

 

वि.सं.२०७६ पुस ७ सोमवार ०९:३० मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...