back
CTIZAN AD

विश्वका जनताले भनिरहेछन् – माओ महान छन्

वि.सं.२०७६ पुस १० बिहीवार

813 

shares

रुसमा १९१७ को अक्टोबर समाजवादी क्रान्ति पछि विश्वमा समाजवादका लागि संगठन निर्माणको अभियान नै चल्यो । यही क्रममा चीनको संघाईमा १९१८ मा माक्र्सवादी अध्ययन समाज, बेइजिङमा कम्युनिस्ट सोसलिस्ट युथ लिग, मई १९२० मा संघाई र बेइजिङमा कम्युनिस्ट ग्रुप, यसै वर्षको डिसेम्बरमा क्यानटोन, हुनान, हुपेह र सानतुङमा कम्युनिस्ट ग्रुपहरू स्थापना भएका थिए । यही बेला चिनियाँ विद्यार्थीहरू अध्ययन गर्ने टोकियो र पेरिसमा पनि कम्युनिस्ट समुहहरू स्थापना भए । यी सबैको पृष्ठभूमिमा जुलाई १, १९२१ मा संघाईमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । यो नै पार्टीको पहिलो महाधिवेशन र औपचारिक पार्टीको स्थापना दिवस मानियो । यो महाधिवेशनमा चीन भरिका ५७ पार्टी सदस्यहरूबाट छानिएर १२ प्रतिनिधि संघाई पुगेका थिए जसमा माओ त्से–तुङ पनि एक थिए । पार्टी स्थापनाको २८ वर्षपछि चीनमा माओको नेतुत्वमा क्रान्ति सफल भयो र अक्टोबर १, १९४९ मा चीन जनवादी गणतन्त्र घोषणा भयो ।

कम्युनिस्ट चीनमा समस्याका चाङ देखा परे । पार्टीले १९५१–५२ मा दुईवटा कार्यक्रम पहिलो सान फान आन्दोलन (मुभमेन्ट) र दोस्रो वु फान अभियान (क्याम्पेन) चलायो । सान फान ३ खराबीः भ्रष्टाचार, सरकारी साधनको दुरुपयोग र नोकरशाहीतन्त्रको विरुद्ध आन्दोलन थियो । वु फान ५ खराबीः कर्मचारीको घुसखोरी, कर छलि, राष्ट्रिय सम्पत्तिमा लूट, सरकारी ठेक्कापट्टामा कमिसनखोरी र आर्थिक सूचनाको चोरी विरुद्ध अभियान थियो । यतिले पनि सुधार नआएकाले माओको नेतृत्वमा चीनमा १९६६ देखि सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरियो । चीन आज जहाँ पुगेको छ त्यसमा माओको नै सबैभन्दा ठूलो योगदान छ । डिसेम्बर २६, १८९३ मा चीनको हुनानमा जन्मिएका माओको सेप्टेम्बर ९, १९७६ मा बेइजिङमा ८२ वर्षको उमेरमा देहावसान भयो । आज पनि चीन समस्या विहीन चाहिँ छैन । चीनमा अहिले जनतन्त्रको सवाल, जातीय समस्या, हङकङको आन्दोलन र सबैभन्दा गम्भीर चिनियाँ जनतामा बढ्दो आर्थिक असमानता रहेका छन् । हालसम्म चिनियाँ कम्युनिस्ट पार्टीका १९ महाधिवेशन भएका छन् र यसका ९ करोड ५४ लाख सदस्यहरू छन्, यही पार्टीका संस्थापक महान नेता माओको आज जन्मजयन्ती चीनले मात्र होइन विश्वका मेहनतकश जनताहरूले पनि मनाइरहेका छन् र भनिरहेका छन माओ महान छन् ।

वि.सं.२०७६ पुस १० बिहीवार ०९:४१ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...