back
CTIZAN AD

लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.2K 

shares

२१ मङ्सिर,काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालयले पुरातत्व (आर्कियोलोजी) विषयमा एकवर्षे स्नातक तथा सङ्ग्रहालय विज्ञानमा (म्युजियोलोजी) स्नातकोत्तरको अध्ययन÷अध्यापन हालै सुरु गरेको छ ।

कुनै पनि विषयमा स्नातक पूरा गरेकाले आर्कीयोलोजीमा एक वर्षका लागि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसलाई ‘पोस्ट ग्राजुएसन डिप्लोमा एक वर्षे’ भनिएको छ । पाठ्यक्रमका लागि ५०० पूर्णाङ्कको विषयवस्तु बनाइएको छ ।

विश्वविद्यालयका डिन भद्ररत्न बज्राचार्यका अनुसार जुनसुकै विषयमा स्नातक पूरा गरेका विद्यार्थीले सङ्ग्रहालय विज्ञानमा स्नातकोत्तरको अध्ययन गर्न सक्नेछन् ।

सो विषयका अध्ययन गर्न दुई वर्षको समयावधि लाग्नेछ भने पाठ्यक्रमका लागि २००० पूर्णाङ्कको विषयवस्तु अध्ययन पूरा गर्नुपर्छ ।

मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुसार ती नयाँ विषयको पठनपाठन थालिएको डिन बज्राचार्यले बताउनुभयो ।

केन्द्रीय क्याम्पस लुम्बिनीमा भएको विश्वविद्यालयले काठमाडौँ उपत्यकाका केही बौद्ध विहार तथा बौद्ध अध्ययन केन्द्रलाई बौद्ध दर्शनमा स्नातकोत्तरको अध्ययनका लागि अनुमति प्रदान गरेको छ ।

विश्वविद्यालय स्थापना भएको करिब एक दशक भएपनि सोही विश्वविद्यालयले बौद्ध दर्शनमा केन्द्रीय क्याम्पसमा पठनपाठन सुरु गरेको तीनवर्ष मात्र भएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०५:२९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...