back

लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1K 

shares

२१ मङ्सिर,काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालयले पुरातत्व (आर्कियोलोजी) विषयमा एकवर्षे स्नातक तथा सङ्ग्रहालय विज्ञानमा (म्युजियोलोजी) स्नातकोत्तरको अध्ययन÷अध्यापन हालै सुरु गरेको छ ।

कुनै पनि विषयमा स्नातक पूरा गरेकाले आर्कीयोलोजीमा एक वर्षका लागि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसलाई ‘पोस्ट ग्राजुएसन डिप्लोमा एक वर्षे’ भनिएको छ । पाठ्यक्रमका लागि ५०० पूर्णाङ्कको विषयवस्तु बनाइएको छ ।

विश्वविद्यालयका डिन भद्ररत्न बज्राचार्यका अनुसार जुनसुकै विषयमा स्नातक पूरा गरेका विद्यार्थीले सङ्ग्रहालय विज्ञानमा स्नातकोत्तरको अध्ययन गर्न सक्नेछन् ।

सो विषयका अध्ययन गर्न दुई वर्षको समयावधि लाग्नेछ भने पाठ्यक्रमका लागि २००० पूर्णाङ्कको विषयवस्तु अध्ययन पूरा गर्नुपर्छ ।

मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुसार ती नयाँ विषयको पठनपाठन थालिएको डिन बज्राचार्यले बताउनुभयो ।

केन्द्रीय क्याम्पस लुम्बिनीमा भएको विश्वविद्यालयले काठमाडौँ उपत्यकाका केही बौद्ध विहार तथा बौद्ध अध्ययन केन्द्रलाई बौद्ध दर्शनमा स्नातकोत्तरको अध्ययनका लागि अनुमति प्रदान गरेको छ ।

विश्वविद्यालय स्थापना भएको करिब एक दशक भएपनि सोही विश्वविद्यालयले बौद्ध दर्शनमा केन्द्रीय क्याम्पसमा पठनपाठन सुरु गरेको तीनवर्ष मात्र भएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०५:२९ मा प्रकाशित

Himalayan Life AD
बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...