back
CTIZAN AD

वल्र्ड नेवाः अर्गनाईजेशन जापानद्वारा पूर्वमंत्रीको स्वागत तथा श्रेष्ठलाई बधाई 

वि.सं.२०७३ मंसिर २१ मंगलवार

795 

shares

yamori-1-japan

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले टोकियोमा योमरी पुन्ही, स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका सहसंयोजक इंदिरा सुजुकीले नेकपा एमालेका पोलितब्यूरो सदस्य तथा पूर्व मंत्री किरण गुरुङ्गलाई स्वागत गर्दै मिस मिस एण्ड मिसेज नेवाः जापानमा बिजयी हुनु भएका सबैलाई तथा भर्खर मात्र सम्पन्न भएको प्रवासी नेपाली मंच जापानको अध्यक्षमा संस्थाका सल्लाहकार महेंद्र श्रेष्ठ चुनिनुभएकोमा बधाई दिनुभएको थियो ।

yamori-2-japan

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वक्ता पूर्वमंत्री गुरुङ्गले मिस एन्ड मिसेज नेवाः जापानमा बिजेता प्रतियोगीहरुलाई बधाई दिंदै योमरी कार्यक्रम गरेकोमा वर्ल्ड नेवाः अर्गनाईजेशन जापानलाई धन्यवाद दिएका थिए । साथै उनले जापानमा बसेर पनि नेपाली परम्परालाई निरंतरता दिइरहेकोमा आफू अत्यन्त हर्षित भएको बताउनु भएको थियो ।

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले गत नोवेम्बर नागानोकेनमा सम्पन्न गरेको मिस एन्ड मिसेज नेवाः जापानको कार्यक्रममा सहभागी हुन नसकेका बिजेताहरू मिसेज संगीता शाक्य र ख़ुशी डंगोल सुवेदीलाई पूर्वमंत्री गुरुङ्गद्वारा पुरस्कार बितरण गरिएको थियो । त्यस्तै संस्थाका सल्लाहाकारहरु राजन प्रधानाङ्ग ,बलराम श्रेष्ठ तथा महेन्द्र श्रेष्ठले मिस एन्ड मिसेज नेवाः जापानमा बिजयी सुन्दरीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
स–सानो बालबालिका सबै मिलेर पारिवारिक वातावरणमा योमरी बनाएको थियो । यो भनेको मन पर्ने र मरी भनेको मिठाई अर्थात योमरी भनेको अत्यन्त मन पर्ने मिठाई हो भन्दै संस्थाका सयोंजक सुनिल कुमार शाक्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

योमरी खाँदै रात्री भोज र डान्स पार्टी गर्दै फेरी अर्को पल्ट भेट गर्ने बाचा गर्दै कार्यक्रम समापन गरिएको थियो ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०६:०४ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...