‘ए हजुर ! एकछिन यहाँ आउनुहोस न हौ’
श्रीमतीले काम सघाईदिए हुन्थ्यो भन्ने आशयमा वलरामलाई बोलाईन् ।
‘किन हौ ? एकछिन नकराईकन मलाई छोडिदेउ त म कविता लेख्दैछु क्या’ वलरामले झर्कोमान्दै भन्यो ।
एकछिन पछाडि मोवाईलमा कड्याक्क गरेको आवाज आयो, वलरामले कविता पोष्ट गरेछन्, अव आउछन ्भनेर श्रीमति ढुक्क परिन् । तर बलराम भने फेरि उही ट्याक ट्याक ट्याक ट्याक नै पारीराखेको देखेर फेरि श्रीमती झर्किदै भन्छिन् ‘होईन अघि नै पोष्टगरि सक्या होईन फेरि के को ट्याक ट्याक हो यो ?’
वलराम ‘ए वावा लेखेरमात्रै सकेँ क्या ? होईन रोपेर मात्रै छोडदा के ही फलेको देखेकी छ्यौं तिमिले ?’
‘हैन आजभोली त खेतिवारी पनि मोवाईलमै लाउने ठाँउ हुन्छ कि के हो ? श्रीमतिले निक्कै झ्वाक्किएर सोधिन् ।
‘अनि ऐले भरखर कविता रोपेँ, अव त्यसलाई पानी लगाउने, झार जंगल गोड्ने, दवाईपानी गर्ने, गरेको खेति फल्छ फल्दैन हेर्ने, जाँच्ने, प्राविधिकहरू सबै सबैलाई खेताला बोलाउनु परेन ?’
वलरामले ठट्टाको पारामा भने ।
‘हैन साँच्चै भनेको के गर्नु भा हो यो अचाक्ली हँ ? के को खेताला भन्नु भा हँ ?’ श्रीमति अझै रन्किरहेकै छिन् ।
अलि मधुरो स्वरले वलरामले मुस्कुराँउदै भने ‘हेर न मैले कत्रोवेर लाएर कविता लेखेँ, अव त्यत्तिकै छोड्यो भने पाँचजनाले पनि हेर्दैनन क्या ? अनि यहाँ खेताला लाँउने अप्सन छ क्या ट्याग फ्रेण्डस् भन्छ अव ट्याग नै गरेर पठाईसकेपछि त नाकका चालले चुईक्क परेर मिठ्ठो हजुर, वाह वाह हजुर,गजवको हजुर,क्या वात हजुर, नाईस लाईन, आदी ईत्यादि त लेख्नैपर्यो, अनि पो अरूको छेउमा अलिकति ईज्जत बच्छ त लाटी ! नत्र त मान्छेले पढनु त परै जाओस् आँखा चिम्लेर हान्ने त्यो नाथे लाईक पनि हान्दैनन् बुझ्यौ त कुरो खेताला लाउनुको ?’
वि.सं.२०७६ पुस १२ शनिवार १०:२६ मा प्रकाशित





























