रामको देशले सिताको देश
मिचेको सुन्दैछु
रामले घड़ेरीको मुद्दा जितेको सुन्दैछु
मेरो देशले मेरो पुर्खा भूमी मिच्दा
म के भन्न सक्छु र
मेरै जातीले मेरै देशमा माटो मागेको
धेरै भो ।
रामले जिते जस्तै
हाम्राले पनि प्रवासी उपाधि मेटन पाए
ठेगाना र घड़ेरीको मुद्दा जित्न पाए
ति देशका लागी शहिद हुनेको
आत्माले शान्ति पाउने थियो
सिमानामा मेरो जाती
अझ विरता देखाई लड़ने थियो ।
वि.सं.२०७६ पुस १२ शनिवार १०:२३ मा प्रकाशित






























