back
CTIZAN AD

बालकविता : घाम लागे हुन्थ्यो

वि.सं.२०७६ पुस १२ शनिवार

834 

shares

चिसो चिसो सिरेटोले
हिमाल नाघे हुन्थ्यो
जाडो भयो पारिलो
घाम लागे हुन्थ्यो

न त बस्ती देखिने
न त मान्छे देखिने
कुहिरामै अल्झिएर
घाम पनि छेकिने

यति बाक्लो अँध्यारो
कुहिरो भागे हुन्थ्यो
हुस्सु कुहिरो भगाउन
घाम लागे हुन्थ्यो

रुँदैछ त्यो फुच्चे भाइ
मेरो छेउ आएर
च्यातिएका मैला र
थोत्रा लुगा लाएर

आमासँग गतिलो
नाना मागे हुन्थ्यो
गरिबका आङ्मा न्यानो
घाम लागे हुन्थ्यो

 

 

वि.सं.२०७६ पुस १२ शनिवार १०:३२ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...