back
CTIZAN AD

कविता : ‘बा’ हुनुको अर्थ

वि.सं.२०७६ पुस १२ शनिवार

966 

shares

कसैले देखेन र त लेखिएन
‘बा’ को चाउरी परेको खस्रो गाला
अनि अभावको चक्रब्युहमा
पिल्सिएको निधारका लामा धर्साहरु ।

सदैव मौनब्रत बस्न मन पराउछन् ‘बा’
र त, परेलीभित्रै सोसिएको आँसुको महासागरमा
सुनामीको छाल आउन कहिल्यै दिदैनन् ‘बा’ ले ।

कसैले देखेन र त लेखिएन
कासझैँ फुलेको ‘बा’ को कपाल
आधा उमेरमै फराकिलो हुँदै गएको अभागी निधार
अतृप्त प्यासको असह्य पीडाले
धाजा फाटेर-आकाश हेर्दै
सुरसाको मुखै बिर्साउने गरि
आ गर्दै टोलाएर बसिरहेका
टारी खेतका सुर्काजस्तै
एक जोडी कुर्कुच्चा ।

सेती नदीझैँ भासिएको
आफ्नै जिन्दगीका-इच्छा, आकाङ्क्षा र
आवश्यकताहरुलाई पन्छाएर एकातिर
आफ्नै अनिश्चित भविष्यको
कुनै ठेगान नभएको बेला
सन्तानको सुनिश्चित भविष्यका लागि
कर्कलाको पानीजस्तै
हत्केलामा अडाएर-एकमुठी परान
समयसङ्ग जुधिरहेको
कसैले देखेन अहिलेसम्म
र त लेखिएन ‘बा’ को संघर्षशील
अद्दितिय जीवनगाथा ।

लठ्ठी समाउनै धौधौ भएको बेलामा समेत
नबोकेर सुखै नपाएपछि-परिवारको
बोझ त्यही बोझले थिचिएर
कुप्रो परेको बूढो ढाडमाथि उफ्रिदै
मनाउछन छोरा-बुहारीहरुले
‘ह्याप्पी एनीभर्सरी डे १’

कसैले देखेन र त लेखिएन ‘बा’ ले
जिन्दगीभरि लडिरहनुपरेको
स्वाभिमानको लडाइँको कथा
हर्षको हुरीबताससङ्गै
अभावको आधिबेहरी सहेर
खुशीको खडेरीसङ्गै
मनभित्र मडारिएको-चिन्ताको कालो बादल
मेघ बनेर गर्जिएपछि
आँखाको आकाशबाट
साउने झरी भएर बहनुपरेको ब्यथा ।

परीक्षा दिइरहनु रहेछ
अनेक कोणबाट-जिन्दगीको
र ‘पास’ हुनु रहेछ-मृत्युशैयामा
‘थर्ड क्लास’ जिन्दगीको
A ‘मार्कसीट’ आउने गरि
‘बा’ हुनुको अर्थ !

वि.सं.२०७६ पुस १२ शनिवार १०:३७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...