back

बालकविता : घाम लागे हुन्थ्यो

वि.सं.२०७६ पुस १२ शनिवार

360 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

चिसो चिसो सिरेटोले
हिमाल नाघे हुन्थ्यो
जाडो भयो पारिलो
घाम लागे हुन्थ्यो

न त बस्ती देखिने
न त मान्छे देखिने
कुहिरामै अल्झिएर
घाम पनि छेकिने

यति बाक्लो अँध्यारो
कुहिरो भागे हुन्थ्यो
हुस्सु कुहिरो भगाउन
घाम लागे हुन्थ्यो

रुँदैछ त्यो फुच्चे भाइ
मेरो छेउ आएर
च्यातिएका मैला र
थोत्रा लुगा लाएर

आमासँग गतिलो
नाना मागे हुन्थ्यो
गरिबका आङ्मा न्यानो
घाम लागे हुन्थ्यो

 

 

वि.सं.२०७६ पुस १२ शनिवार १०:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
साहित्यकार  अधिकारीको ‘जीवन दर्पण’ पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न

साहित्यकार अधिकारीको ‘जीवन दर्पण’ पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न

दाङ। राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम...

गजल

गजल

उत्तम विचार, नुवाकोट रैछ धागो यही वा सियो के भनूँ...

कविता : सान्त्वना

कविता : सान्त्वना

स्वर्ण शिखा, दाङ नरोऊ तिमी अश्रु–गङ्गा बगाई गरी याद भक्कानिँदै...

कविता : दुर्जन बाँदर

कविता : दुर्जन बाँदर

भूपाल अधिकारी, बिराटनगर मूर्ख छ स्वाँठ छ बन्दछ भेडो गर्दछ...

कविता : भानुको बन्दना

कविता : भानुको बन्दना

शम्भु गजुरेल, नुवाकोट धर्ती पावन व्यासको चरणको माटो झरेको स्थल...

लघुकथाः अन्तिम इच्छा

लघुकथाः अन्तिम इच्छा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर छिमेकीको घरबाट तिउनको वास...