back
CTIZAN AD

लघुकथा : नागरिक अभिनन्दन

वि.सं.२०७६ पुस १२ शनिवार

1.4K 

shares

नीमा हो उसको नाम निमा ग्याल्जेन शेर्पा, पेसाले राजनीतिकर्मी तर नेता हुनुको दम्भ कहिल्यै देखिएन । बरु कसैले नेताजी भनी सम्बोधन गरे भन्थ्यो, कृपया ! मलाई लज्जित नबनाउनुहोला । नेता त ती मानिस हुन् जसले मेरो विचार मन पराए र मलाई सामाजिक कर्ममा लाग्न निरन्तर हौस्याए ।’ ऊ बोल्दै गर्दा उसका फूलजस्ता आँखामा नाचिरहेका थिए, उत्साहका अनगिन्ती पुतलीहरू । उसको निधारमा प्रस्ट देखिन्थ्यो, भूगोललाई भावनामा जोड्ने सपाट रेलमार्ग । त्यही लिक हुँदै कुदिरहेझैँ लाग्थ्यो विचारको छुकछुके रेल । अनि त्यही रेलमा सवार थियो ऊ स्वयम् र देशको भविष्य पनि ।

‘काम गर्ने वातावरण छैन, पूर्वाधार नै नभएपछि परिणाम कसरी देखियोस् त’ आम नेताकार्यकर्ताको भनाइ । ‘जुन जोगी आए पनि कानै चिरेका’ सर्वसाधारणको बुझाइ । ‘खाने मुखलाई जुँगाले छेक्दैन रहेछ’ नीमाको भोगाइ । ‘तँ आँट म पुर्याउँछु, हरेक रात सपनामा मेरो ईश्वरले यही भन्छ र सपना देख्न सिकाउँछ ।’ रहस्यको पोको फुकायो उसले । ‘म त निमित्त मात्र हुँ सबै भगवानको इच्छा र तपाईंहरूको सद्भाव,’ आफ्नो कर्मको भेटी, चढायो उसले जनता र जनार्दनमा ।

यतिबेला उसको अनुहार तलाउझैँ शान्त तर गम्भीर देखियो । आज अभिनन्दनका लागि आमन्त्रण गरिएको थियो तर, उसलाई अभिनन्दनमा भन्दा काममा विश्वास थियो । आजसम्ममा के–के गर्न सकियो, के–के सकिएन ? समीक्षा गर्नु थियो ः भावीयोजनाका मार्गचित्र पनि तय गर्नु थियो । यी कार्यतालिका थाती राखेरै ऊ समारोहस्थलमा पुगेको थियो ।
खादा लगाएर स्वागत गर्न खोज्दा उसले नम्रतापूर्वक भन्यो,‘यसले मलाई घाँटीमा सकसक हुन्छ ।’ आयोजकले फूलमालाले स्वागत गरे । ऊ मुसुक्क मुस्कुरायो । साहित्यकार डा.न्यौपानेले गलामा बोधीचित्तको माला थपिदिए । ऊ गम्भीर मुद्रामा टोलायो । बिस्तारै उसका आँखा बुद्धका दुई सम्बोधी आँखामा लीन भए ।

नीमाले विश्वका थुप्रै उम्दा सहर घुमिसकेको छ । मानिस जतिसुकै आधुनिक होस् जतिसुकै समृद्ध बनोस् आफ्नो जाति, भाषा र संस्कृति हरेकलाई प्रिय हुँदोरहेछ । त्यसैले सभ्यताका कृत्रिम धरोहर खडा गरेरै भए पनि पहिचानमा जोड दिँदो रहेछ । हामी भने आफ्नै सम्पदा मास्ने खेलमा रमाइरहेका छौँ इत्यादि भन्दै गर्दा उसको अनुहारमा गहिरो विषाद देखिन्थ्यो । ‘यी सबै हाम्रै कमजोरीका उपज हुन्,’ ऊ भन्दै थियो, ‘जनताले राज्य हुनुको अनुभूति गर्नै पाएनन् । हामी उनीहरूका दुःखसुखसम्म पुग्नै सकेनौँ ।’ आफ्नो मन्तव्यमा उसले योजनाको कोरा सपना होइन : कामको बेलिबिस्तार लगायो, ‘हामीले नमुना विद्यालय सञ्चालन गरेका छौँ । संस्कृत, प्राकृत, अङ्ग्रेजीलगायत विभिन्न भाषामा पूर्वीय तथा पाश्चात्य कलासाहित्य र दर्शनको गुरुकुल सञ्चालन गरेका छौँ । जीवनोपयोगी शिक्षालाई निःशुल्क गरी यस ठाउँलाई शैक्षिक केन्द्र बनाउदै छौँ । सम्पूर्ण स्वास्थ्य सेवा सर्वसुलभ बनाएका छौँ । कृषि व्यवसायलाई आधुनिकीकरण गरी आत्मनिर्भर बनाउन प्राविधिक परामर्श र निब्र्याजी कर्जाप्रवाह गरेका छौँ । यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ विराट् हिमालय पदमार्ग निर्माण धमाधम भइरहेको छ । ठाउँठाउँमा मठमन्दिर, गुम्बा, मस्जिद तथा गिर्जाघर निर्माण गरिएको छ । सबैले धार्मिक स्वतन्त्रताको भरपुर उपभोग गर्न सक्नुहुनेछ । सूचना र प्रविधिमैत्री आदर्शग्रामले साकार रूप लिइसकेको छ ।’

अन्तिममा उसले सविनय आग्रह गर्यो, ‘अरू थुप्रै गर्न बाँकी नै होला, रचनात्मक सुझाबको अपेक्षा राखेका छौँ ।’ तालीको गडगडाहट सुनियो । नागरिक अभिनन्दनका क्रममा विनम्रतापूर्वक बोल्यो, ‘म सम्मानलायकै छैन । मैले होइन काम त मेरा साथीहरूले गर्नुभएको हो । हाम्रा लागि यो सम्मानजनक उपस्थिति र कामको अनुमोदन नै अभुतपूर्व अभिनन्दन हो । हामीलाई गर्ने अभिनन्दन सामाजिक सद्भावमा लगाइदिनुहोला ।’

शालीनतापूर्वक सबैलाई अभिवादन गरेपछि बिदा हुँदै गर्दा उसले भन्यो, ‘कृपया ! हामीलाई सेवा गर्ने अवसर दिनुहोला ।’

वि.सं.२०७६ पुस १२ शनिवार १०:४२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...