back
CTIZAN AD

नौ वटा स्थानीय तह निमित्तको भरमा सञ्चालन ,सेवा सुविधा र गुणस्तरमा प्रभाव

वि.सं.२०७६ पुस १३ आइतवार

834 

shares

१३ पुस, डोटी । जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् ।
यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ । यहाँ दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।

उपसचिवको दरबन्दी रहेको दिपायल सिलगढी नगरपालिकामा करिव तीन वर्षदेखि सहायक वन अधिकृत भोजराज शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएपछि वन क्षेत्रको काम प्रभावित भएको नगरवासी बताउँछन् ।

त्यसैगरी उपसचिवको दरबन्दी रहेको शिखर नगरपालिका स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन भइरहेको छ । बेलाबेलामा स्वास्थ्य, शिक्षा, कृषिका अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिँदै आएकामा हाल नगरपालिकाका शाखा अधिकृत धर्मराज विनाडीले दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यहाँका गाउँपालिकाको हालत पनि नगरपालिकाको जस्तै छ । डोटीको पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार, जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खड्का, केआइसिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

आदर्श गाउँपालिकामा शाखा अधिकृत सुरत परियार प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७३ मा हरेक स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत’सम्बन्धी व्यवस्था रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा तथा कार्यपालिकाको सचिव तथा स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोवार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा चलअचल सम्पत्तिको सरक्षण बेरुजु फछ्र्यौटलगायतका काम गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी बहन गर्दा विषयगत शाखा प्रमुखलाई आफ्नो शाखाको काम भ्याइनभ्याइ तथा गुणस्तरहीन भइरहेको स्थानीयको गुनासो गरेका छन् । स्थानीय तहमा नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग लामो समय टिक्न सक्दैनन् ।

प्रमुख प्रशासकीय अधिकृतले कामभन्दा पनि नीति नियमको कुरा बढी गर्ने भएकाले आफूहरुलाई निमित्तसँग काम गर्न असजिलो हुने जोरायल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

आवश्यक कर्मचारीको अभावमा गाउँपालिकाले अपेक्षितरुपमा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भइरहेकोे सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुनुपर्ने केआइसिंह गाउँपालिकाका अगुवा समाजसेवी जगतबहादुर बलायर माग गरे ।

स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालित हुँदा स्थानीय तहमा भ्रष्टाचार संस्थागत हुन थालेको डोटी उद्योग वाणिज्य सँघका महासचिब दीपकबहादुर खड्काको जानकारी दिए

वि.सं.२०७६ पुस १३ आइतवार १२:२८ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...