back
CTIZAN AD

जुत्ताबाट पत्ता लाग्यो दम्पतीका हत्यारा

वि.सं.२०७६ पुस १७ बिहीवार

738 

shares

१७ पुस, काठमाडौँ । दुई महिनाअघि काभ्रेमा दम्पतीको हत्या भएको घटनाको प्रहरीले अनुसन्धान टुंग्याएको छ । पुराना सिक्का र नगद लुट्नका लागि दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । गत १९ कात्तिकमा नमोबुद्ध–८ दाप्चामा श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाको हत्या भएको थियो ।

हत्यामा संलग्न उदयपुरका किरणकुमार मगर र सुमन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार पक्राउ गरेको हो । ‘वास बस्ने बहानामा योजना बनाएरै उनीहरू लुटपाटका लागि त्यो घरमा गएका रहेछन्,’ सिआइबीका एसपी बेलबहादुर पाण्डेले भने, ‘पछि घम्साघम्सी भएपछि हत्या गरेको उनीहरूले बताएका छन् ।’

घटनाको भोलिपल्टै अनुसन्धानका लागि सिआइबीबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा टोली खटिएको थियो । अनेक कोणबाट अनुसन्धान गर्दा पनि अभियुक्त पत्ता लगाउन प्रहरी सफल भएन । श्रेष्ठदम्पतीको होटेल पनि भएको र ग्राहकबाटै हत्या भएको हुन सक्ने आकलन गरिएको थियो । सम्पतीका लागि आफन्तकै संलग्नताको कोणबाट पनि प्रहरीले अनुसन्धान गर्दा केही पत्ता लागेन ।

मोबाइललगायत प्राविधिक कोणबाट अनुसन्धान गरी विभिन्न व्यक्तिमाथि सोधपुछ गरिएको थियो । घटनाका वेला प्रयोग भएको जुत्ता निर्माण मजदुरहरूले घरको ढलान तथा प्लास्टरमा लगाउने प्रहरीले थाहा पायो । त्यसपछि प्रहरी अनुसन्धान निर्माण मजदुरतर्फ सोझियो । गाउँमा घर ढलान गर्न गएका दुई युवकमाथि प्रहरीले अनुसन्धान गर्दा निशाना सही साबित भयो । बिहीबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ पुस १७ बिहीवार ०८:०८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...