back
CTIZAN AD

नेबिकोको कुकिज बजारमा

वि.सं.२०७६ पुस १७ बिहीवार

741 

shares

१७ पुष,पोखरा । विगत ५५ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गर्दै आएको नेबिको प्रालिले अंग्रेजी नयाँ वर्षको संघारमा कुकिज उत्पादन पनि थालेको छ । नेपालकै पहिलो बिस्कुट कम्पनी नेबिकोले बटर र जिरा फ्लेबरका कुकिज पोखराबाट सार्वजनिक गरेको हो । थप ४ फ्लेबरमा पनि कुकिज चाडै बजारमा ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीका म्यानेजर प्रकाश कार्कीले ५५ वर्षको यात्रामा ५५ थरिका बिस्कुट बजारमा ल्याएको बताए । नेबिकोले उपभोक्ताको माग बमोजिम पुराना बान्डलाई निरन्तरता र नयाँ प्रविधिबाट नयाँ उत्पादन बजारमा ल्याउने दुवै काम गरिरहेको कार्कीले जानकारी दिए ।

ब्रान्ड म्यानेजर अरुण पौडेलले दशैभर बिस्कुट बिक्री, वितरणका अलावा सामाजिक उत्तरदायित्व पनि निभाइरहेको उल्लेख गरे ।
उपभोक्त मञ्च गण्डकी संयोजक कपिलनाथ कोइरालाले स्वदेशी उत्पादनलाई उपभोक्ताले प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘उही गुणस्तर र मूल्यका स्वदेशी र विदेशी उत्पादन भए हामीले स्वदेशी छान्नैपर्छ, स्वदेशी उद्योगलाई जोगाएर अर्थतन्त्र बलियो बनाउनुपर्छ ।‘
नेबिकोका गण्डकी धौलागिरी प्रमुख खेमराज बरालले यो क्षेत्रका ग्राहकको माग, रुचि र नयाँ वर्षको अवसरलाई मध्यनजर गरी पोखराबाट नयाँ उत्पादन सार्वजनिक गरिएको बताए । मार्केटिङ इन्चार्ज सुरज उपाध्यायले कम्पनीले गुणस्तरमा जोड दिएर नेपाली बजारमा स्थापित भएको बताए । नेबिकोले बालाजु र भैरहवाबाट बिस्कुट उत्पादन गरी देशका ७७ जिल्लामै बिक्री, वितरण गरिरहेको छ ।

करिब दुई महिना अघि नेबिकोले ‘सुगर फ्री’ डाइजेस्टिभ बिस्कुटको फेमिली प्याकमा बजारमा ल्याएको थियो। विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ लोकप्रिय स्वदेशी उत्पादन सुगर फ्री डाइजेस्टिभ बिक्री वितरण गर्दै आएको कम्पनीले फेमिली प्याकमा ल्याएको हो ।
उपभोक्ताको चाहना एवं समय सापेक्षिक गुणस्तरलाई विशेष ध्यानमा राखी बस्कूटको गिफ्ट फेमिली प्याकमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसलाई विदेशबाट आयातित एयर टाइट कार्टुन ९एटीसी० मा प्याकेजिङ गरिएको छ।
नेबिकोको उत्कृष्ट उत्पादनमध्येको एक सुगर फ्रि डाइजेस्टिभ बिस्कुट ३६० ग्रामको यो बिस्कुटको प्याकेटलाई २०० रुपैयाँमा उपलब्ध गराइएको छ।

फेमीली प्याक भित्र दशवटा स – साना प्याकेट रहेकाले ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्नसक्ने जनाइएको छ।
गुणस्तरीय उत्पादन रहेकोले उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवम् मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलिस्ट्रोलरहित रहेको कम्पनीको दाबी छ।

वि.सं.२०७६ पुस १७ बिहीवार ०९:०८ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...