back
CTIZAN AD

लघुकथा : याद

वि.सं.२०७६ पुस १९ शनिवार

978 

shares

ऐना हेरेर गालाको घाऊ सुम्मसुम्याउदै बुवाले भन्नू भयो, ‘मेरो कपडा धुन्छेस् तँ । मलाई पाप लाग्यो ।’ मैले भनेँ ‘बुवा हजुरले मलाई हुर्काउँदा कति दुःख गर्नु भयो मलाइ पनि पाप लाग्यो होला ।’

बुवा : अब तँलाई जागिर खुवाउँनु छ मैले र गाउँमा बाटो बनाउँनु छ । हामी धेरै हस्पिटल नबसौँ । जानू पर्छ गाडीमा बस्ने ठाउँ नपाए उभिएर जाउँ । घर कहिल्यै नछाडेको । बहुत घरको याद आयो ।

म : अनि उपचार गर्न आउँनु भको हैन ? किन नगरी जानु ?

बुवा : उपचार भयो अब यति भए । धेरै काम छ । बरु जा गाडी बुझेर आइज ।

म : हजुरलाई निको नभए सम्म घर जाँदिन ।

बुवा : तँ त मेरो छोरो होस् मलाई धेरै सेवा गरिस् ।

म : छोराछोरीको कर्तव्य हो नि बुवा किन गुनासो ?

उता फर्किएर बुवाले भन्नू भयो ‘छोरा त सम्पत्ति छ खान्छन् छोरी के गर्छन्….।’

मलाई उहाँलाई निको हुन्न भन्ने के थाह । उपचार गरिदैछ पक्कै ठीक हुन्छ भन्ने थियो ।

म : यो रोग मलाई लागेको भए हुन्थ्यो नि बुवा..

बुवा : किन ?

म : अरु दुईटी छोरी छन् नि ! बुवा दुई जना छैनन् ।

बुवा : हैन मलाई लागेकै ठीक छ । बरु कार्यक्रम छ भनेको हैन ? जा तँ । म बस्दै गर्छु पल्लो रुमको सर सँग ।

बुवा : अस्ति शप्तकोसी एफ .एम. मा तेरो पुस्तकको समीक्षा हुँदा मेरो पनि नाम आयो नि…!

म : ओहो बुवा यति खुशी..!.अब अझ म उहाँलाई खुशी पार्न के गर्न सक्छु ?

म यही सपना बोकेर बाँचे । बुवा यही सपना लिएर जानू भयो ।

वि.सं.२०७६ पुस १९ शनिवार १०:२१ मा प्रकाशित

बलेको मिठाई

बलेको मिठाई

गएको राति पनि म झसङ्ग ब्युँझिएँ । सपनामा बले आएको...

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...