back
CTIZAN AD

कविता : विवाद छोडौं

वि.सं.२०७६ पुस १९ शनिवार

879 

shares

मेरो जात तपाइसँग नमिल्न सक्छ
तर धर्म मिल्न सक्छ

मेरो जन्मस्थल तपाइसँग नमिल्न सक्छ
तर देश मिल्न सक्छ
मेरो दल र बिचार तपाइसँग नमिल्न सक्छ
तर तपाइ र मलाइ चाहिने
जन र बिकास एउटै हुन सक्छ

पुग्ने ठाउ, गाग्री र बल्व
फरक होला
तर बाटो, पानी र बिजुली
एउटै हुन सक्छ

स्कुल, कलेज
अस्पताल फरक होला
तर शिक्षा र उपचार एउटै हो

छाना फरक होला
तर चाहिने खाना नाना एउटै हो

खेत र वारी रोजगारी फरक होला
तर सुविधा, सुरक्षा र अधिकार एउटै हो

स्वर, शव्द , लय फरक होला
तर पिडा र मनोरन्जन एउटै हो

परिवार सन्तान र समाज फरक होला
तर माया र छाया एउटै हो

फरक कुरामा बिबाद नगर
समान कुरामा जोड देउ
अनुहार, बनावट, धर्म, जात, स्वार्थ, रंग, बिचार,
राज्य प्रणाली कही कहिल्यै एउटै हुदैन
हुनै नसक्ने कुरामा समय नफाल
मानव नेपालमा मात्र पनि अट्दैनन
मानव चीन, भारत र अमेरिकामा मात्र पनि बस्दैनन्
मानव न्युरोड र न्युयोर्कमा मात्र पनि अट्दैनन्

नेपालीलाइ चाहिने नेपाल हो
नेपालीलाइ चाहिने बिकास हो
बिकासको लागी विवाद नगरौ
बिकासको लागी बिभाजित नगरौ
आजसम्म बिकास छाडेर
बिबाद मै लाग्यौ अब नलागौ

सबैलाइ चाहिने सुविधा र सुरक्षा हो
यसको लागी सबै लागौ
नेपालीको लागी नेपाल बन्नु पर्छ
नेपाल बनाउन अब लागौ

वि.सं.२०७६ पुस १९ शनिवार ११:४३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...