back
CTIZAN AD

एनआईसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डुले ३० प्रतिशत छुटदिने

वि.सं.२०७६ पुस २३ बुधवार

906 

shares

२३ पुष, काठमाण्डौं । एन आई सी एसिया बैंक र फुडमाण्डुबीच बेंकिङ साझेदारीमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा फुडमान्डु प्रा. लि.को Online Food Festival 2020 मा एनआईसी एशिया बैंकको बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी QR मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने बताइएको छ ।

यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ ।

करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको पनि बैंकले जनाएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बैंकद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

 

वि.सं.२०७६ पुस २३ बुधवार १६:३७ मा प्रकाशित

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...